पहिरोबाट प्रभावित ३५ हजारभन्दा बढी जापानीलाई सुरक्षित स्थलमा सर्न आग्रह « Khabarhub

पहिरोबाट प्रभावित ३५ हजारभन्दा बढी जापानीलाई सुरक्षित स्थलमा सर्न आग्रह


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानको मध्य क्षेत्र शिजोओका प्रान्तमा ३५ हजारभन्दा बढी मानिसहरू पहिरोको जोखिममा रहेको भन्दै उनीहरूलाई सुरक्षित स्थलमा सर्न प्रशासनले शनिबार आग्रह गरेको छ ।

पहिरो प्रभावित क्षेत्रमा पुनः पहिरो आउने खतरा रहेको स्थानीय प्रशासनलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमले उल्लेख गरेको छन् ।

जापानको मध्य क्षेत्रमा अवस्थित आतमी सहरमा हालै परेको भारी बर्षापछि गएको पहिरोले कम्तीमा १० घर पुरेको थियो । उक्त पहिरोमा परी कम्तीमा २० जना वेपत्ता भएका क्योदो न्यूज एजेन्सीले बताएको छ ।

सिजुओकाका अधिकारीले आतमी र वरपरका क्षेत्रमा उच्च खतरा रहेको बताएका जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  २ : ५९ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६