ज्योति विकास बैंकको डेढ अर्ब बराबरको ऋणपत्र निष्काशन « Khabarhub

ज्योति विकास बैंकको डेढ अर्ब बराबरको ऋणपत्र निष्काशन


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ज्योति विकास बैंक लिमिटेडले १ अर्ब ५० लाख रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति इकाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० लाख रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।

जसमध्ये बैंकले ६ लाख कित्ता सामूहिक लगानीकोष सहित सर्वसाधारणमा बिक्री गर्नेछ, भने ९ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बिक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्येबाट ३० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सार्वजनिक निष्काशन गरेको हो ।

उक्त इकाईहरु बैंकले असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले १० वर्ष अवधिको ‘ज्योति विकास बैंक बन्ड २०८७’ जारी गरेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ९% हुनेछ ।

लगानीकर्ताले उक्त ऋणपत्रमा असार २० गतेदेखि छिटोमा असार २३ गतेसम्म र ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

बैंकले ऋणपत्र निष्काशनको निमित्त एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ४५ बजे

एमाले महाधिवेशन : ४ बजेसम्ममा ७२१ मत खस्यो

काठमाडौं– नेकपा एमालेकै एघारौँ महाधिवेशनमा करिब ७ घण्टा बितिसक्दा दिउँसो

राजसंस्था र हिन्दु राष्ट्र फर्किने सम्भावना बलियो बनेर गएको छ : कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेन-जी युवाहरूको आन्दोलनको अधुरो

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा

स्थानीयले पाउने भए ‘सालासुङ्गी हाइड्रो’को शेयर

रसुवा– सालासुङ्गी हाइड्रोपावरले प्रभावित स्थानीयबासिन्दाको मागबमोजिम शेयर दिने निर्णयसहित प्रक्रिया

सनी देओल अभिनीत ‘बोर्डर २’ को टिजर सार्वजनिक

काठमाडौँ– बलिउड अभिनेता सनी देओल अभिनीत प्रतीक्षित फिल्म ‘बोर्डर २’