सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त « Khabarhub

सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुनीलकुमार पोखरेल नियुक्त भएका छन्।

उनलाई जेठ २७ मा बसेको सञ्चालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा असार १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि नियुक्त गरेको हो।

उनी वैशाख १८ गतेदेखि कामु प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए। उनी दुई वर्षदेखि सिभिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा आबद्ध थिए।

उनीसँग बैंक तथा वित्तीय संस्थामा काम गरेको तीन दशक लामो अनुभव छ। डिजिटलाइजेसनको माध्यमबाट कर्मचारीको कार्यक्षमतामा अभिवृद्वि गर्दै कागजरहित बैंकको रूपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध विन योजना ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी सेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुनीलकुमार पोखरेलले बताए।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलको तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले बैंकलाई नयाँ उचाइमा पुर्‍याउने कुरामा आफू विश्वस्त रहेको बैंकका अध्यक्ष इच्छाराज तामाङले बताए।

उनले बैंकले चालु आवमा व्यावसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको पनि बताए।

बैंकले चालु वर्षको जेठ मसान्तसम्म ८८.९४ अर्बको निक्षेप र ८३.६० अर्बको कर्जा विस्तार गर्न सफल भएको छ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ३२ बजे

आज २०८२ साल चैत २९ गते आइबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २९ गते आइतबार वैशाख

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको