नाजीले निर्वासित गरेका वैज्ञानिक मार्क्स बोन सम्बन्धी केही जानकारी « Khabarhub

नाजीले निर्वासित गरेका वैज्ञानिक मार्क्स बोन सम्बन्धी केही जानकारी


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महान् वैज्ञानिक मार्क्स बोनले भौतिक विज्ञानमा क्वान्टम यान्त्रिकीय तरङ्ग प्रक्रियाको तथ्याङ्कशास्त्रीय अध्ययन र व्याख्यामा नवीनतम खोज गरे ।

क्वान्टम सिद्धान्तमा इलेक्ट्रोनलाई परमाणुको सूक्ष्म कण मानिन्थ्यो, उनले त्यो कणको वास्तविक स्वरुपलाई प्रकाशमा ल्याइदिए । यसै कार्यको निम्ति यिनलाई नोबेल पुरस्कार प्राप्त भयो ।

उनको खोजले पुरानो क्वान्टम यान्त्रिकीलाई प्रतिस्थापन मात्रै गरेन ‘बोनको अनुमान’ भन्ने सिद्धान्तको प्रतिपादन समेत भयो । पछि परमाणुको विषयमा अनुसन्धान गर्दै जाँदा ओपनहाइमरको परमाणुको सिद्धान्त समेत प्रतिपादन गरे ।

यी महान् भौतिकशास्त्रीको जन्म सन् १८८२ मा जर्मनीको ब्रेसलाड भन्ने ठाउँमा भएको थियो । यिनका बाबु शरीर विज्ञान र भ्रुणशास्त्रका प्रोफेसर थिए । शिक्षित बाबुआमाका छोरा हुनुको नाताले यिनले सानैदेखि राम्रो ठाउँमा लेखपढ गर्ने मौका पाए । सुरुमा ब्रेसलाउमै पढे ।

त्यसपछि गोटिन्गन, हाइडेलवर्ग र जुरीचमा उच्च शिक्षा हासिल गरे । केही समय उनले क्याम्ब्रीजमा पनि अध्ययन गर्ने मौका पाए । गोटिन्गनबाटै पिएचडी गरेपछि फ्रयाङ्कफर्ट विश्वविद्यालयमा प्रोफेसर बने । पछि गोटिनगन विश्वविद्यालयमा नै सैद्धान्तिक भौतिकशास्त्रका प्रमुख बने ।

उनी यहुदी जातिका थिए । जर्मनीमा हिटलरले यहुदी जातिमाथि कत्लेआम गर्न थालेपछि उनी भागे, बेलायत आएर क्याम्ब्रिज विश्वविद्यालयमा प्राध्यापन गर्न थाले । उनी पछि एडिनवर्ग विश्वविद्यालयमा प्रोफेसर पनि भए । त्यहाँ प्राकृतिक दर्शनशास्त्र विभागको प्रमुन पनि भए ।

एडिनवर्ग विश्वविद्यालयबाट सेवननिवृत्त भएपछि यिनी पुनः गोटिन्गन फर्किए । उनी युद्धमा आणविक शक्तिको प्रयोग भएको कुरामा दुःखी थिए । विज्ञानका आविष्कारहरु मानवजातिको कल्याणमा भन्दा संहारमा प्रयोग भएकोमा ज्यादै क्षुब्ध थिए । नाभीकीय शक्तिलाई शान्ति र मानवताको सेवामा प्रयोग गर्नुपर्छ भन्ने कुरालाई जोडदार ढङ्गले उठाए ।

वैज्ञानिकहरुको प्रतिभा युद्धबाट पीडित मानवसमुदायलाई सुरक्षा र सेवा दिनमा प्रयोग गर्नुपर्छ भनेर अनेकौँ लेख रचना र पुस्तकहरु प्रकाशित गरे । उनले तीनसय भन्दा बढी शोधपत्रहरु लेखे । दर्जनौँ किताब लेखेर अठासी वर्षको उमेरमा सन् १९७० मा यो संसारबाट विदा लिए ।

साभार : ‘महान् व्यक्तिका प्रेरक प्रसङ्हरु’ पुस्तकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ५० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल