इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा टोटनहमलाई ३–२ गोलले हराउँदै जित निकालेको हो ।

आर्सनलका लागि बुकायो साका र काइ हाभर्ट्जले एक–एक गोल गरेका थिए भने एक गोल आत्मघाती स्वरुप प्राप्त भएको थियो । यस्तै टोटनहमका क्रिस्टियन रोमेरो र सन ह्युन मिनले एक–एक गोल फर्काएका थिए ।

खेलको १५औँ मिनेटमा टोटनहमका पियरे इमिल होन्बर्गले आत्मघाती गोल गरेपछि आर्सनलले सुरुवाती अग्रता लिएको थियो । यस्तै २७औँ मिनेटमा साकाले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

यसैगरी ३८औँ मिनेटमा हाभर्ट्जले गोल गर्दै खेललाई ३–० को अवस्थामा पु¥याए ।

त्यसपछि टोटनहमका रोमेरोले ६४औँ तथा ८७औँ मिनेटमा ह्युन मिनले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै ३५ खेलबाट ८० अंक जोडेको आर्सनल शीर्ष स्थानमा यथावत छ । पराजित भएको टोटनहम ३३ खेलबाट ६० अंकसहित पाँचौँ स्थानमा छ ।

 

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ४१ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

आज २०८१ साल जेठ १ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १ गते मंगलबार तदनुसार

सप्तरीका अग्निपीडितलाई नगद सहयोग

सप्तरी – जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीले आज जिल्लाको महादेवा

दातृ संस्थाहरुको लगानी अनुसार प्रतिफल देखिएन : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको