कोरोना संक्रमणले संखुवासभाका राईको मलेसियामा मृत्यु « Khabarhub

कोरोना संक्रमणले संखुवासभाका राईको मलेसियामा मृत्यु



दोहा- कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत संखुवासभा मादी नगरपालिका ठेगाना भएका ३९ वर्षीय प्रेम कुमार राईको कोरोना संक्रमणपछि मृत्यु भएको त्यहाँ रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि राई चार दिनदेखि कम्पनीकै होस्टेलको आईसोलेनमा बसिरहेका थिए । संक्रमणले थप जटिल बनाएपछि कम्पनीले उनलाई त्यहाँको सेलायाङ्ग अस्पतालमा लगेर भर्ना गरेको थियो ।

उपचारकै क्रममा सोमवार उनको मृत्यु भएको बताइएको छ । मृतक राई विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपाली दूतावासका द्वितीय प्रतीक कार्कीले अहिलेसम्म कोरोनाले मलेसियामा ४० नेपाली श्रमिकले ज्यान गुमाएको जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : ५५ बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा