कोरोना संक्रमणले संखुवासभाका राईको मलेसियामा मृत्यु « Khabarhub

कोरोना संक्रमणले संखुवासभाका राईको मलेसियामा मृत्यु



दोहा- कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत संखुवासभा मादी नगरपालिका ठेगाना भएका ३९ वर्षीय प्रेम कुमार राईको कोरोना संक्रमणपछि मृत्यु भएको त्यहाँ रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि राई चार दिनदेखि कम्पनीकै होस्टेलको आईसोलेनमा बसिरहेका थिए । संक्रमणले थप जटिल बनाएपछि कम्पनीले उनलाई त्यहाँको सेलायाङ्ग अस्पतालमा लगेर भर्ना गरेको थियो ।

उपचारकै क्रममा सोमवार उनको मृत्यु भएको बताइएको छ । मृतक राई विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपाली दूतावासका द्वितीय प्रतीक कार्कीले अहिलेसम्म कोरोनाले मलेसियामा ४० नेपाली श्रमिकले ज्यान गुमाएको जनाएका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै