टोकियो ओलम्पिक : सबै टिम गेममा नकआउट चरण शुरू « Khabarhub

टोकियो ओलम्पिक : सबै टिम गेममा नकआउट चरण शुरू


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् । पुरुषको प्यारलल बार र होरिजन्टेल बारका साथै महिलाको ब्यालेन्स बिमको स्पर्धा हुनेछ ।

एथ्लेटिक्स महिला लङजम्पको फाइनल हुनेछ । नाइजेरियाकी एज ब्रुम मुख्य दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भएकी छिन् । जर्मनीका मिहाबाब मालिका, युक्रेनकी बेख मार्या रुमान्चुक र अमेरिकी ब्रेटनी रिपयर्स र डारा टाभेसका बीच उपाधि भिडन्त हुनेछ ।

पुरुषको ४ सय मिटर हर्डल्समा नर्वेका विश्व कीर्तिमानधारी काल्र्सटन होहरलम स्वर्ण पदकका प्रबल दाबेदारको रूपमा रहेका छन् । अमेरिकाका बेन्जमिन राई उपविजेता हुने आकलन धेरैको छ ।

महिला ह्यामर थ्रोमा अमेरिकी डियना प्रायस मुख्य दाबेदार मानिएकी छन् । साबिक विजेता तथा विश्व कीर्तिमानधारी पोल्यान्डकी वल्डरज्याक अर्की मुख्य प्रतिस्पर्धी हुन् ।

महिला ८ सय मिटरमा होडबाजी खुला रहेको छ । सुडानी आदिवासी बाबुआमाकी छोरी अमेरिकी धाविका सत्र वर्षीय एथन मुको प्रदर्शनमाथि धेरैको आँखा गडेको छ ।

महिला २ सय मिटर अमेरिकी गाब्रियल थोमस उपाधि दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भए पनि आमैकाका सय मिटर च्याम्पियन एलन हेराथ थोम्सनको फर्म हेर्दा उनले उपाधि जित्ने सम्भावना प्रबल मानिन्छ ।

मङ्गलबार बक्सिङको महिला फाइनल भिडन्त हुनेछ । महिला फेदर वेटमा फिलिपिन्सका नेस्थी पेटेसियो र जापानका सेना आइरेका बिचमा खेल हुनेछ ।

क्यानोइमा महिला कायाकको सिङ्गल २ मिटर तथा पुरुष क्यानोइ डबल हजार मिटरको पदकको टुङ्गो लाग्नेछ । यसैगरी पुरुष कायम सिङ्गल हजार मिटरको पनि फाइनल हुनेछ । महिला कायम डबल ५ सय मिटरको पनि मङ्गलबार नै फाइनल हुने छ ।

साइक्लिङको टिम पर्सुटमा जर्मनीको भिडन्त चीनसँग हुने अनुमान गरिएको छ । पुरुष टिम स्प्रिन्टमा नेदरल्यान्डलाई बलियो दाबेदार मानिएको छ ।

सेलिङमा महिला स्कीफ, पुरुष स्किफ, मेन वान पर्सन र मिश्रित मुलथुलको फाइनल स्पर्धा हुनेछ । भारोत्तोलनमा पुरुष १०९ किलोको प्रतिस्पर्धा हुनेछ ।

कुस्तीमा पुरुष ग्रीको रोमन ७७ किलोमा हङ्गेरीका टमास लोरिन्ज र काजकिस्तानका अखमुख अजकोलको भिडन्त हुनेछ । पुरुष ग्रीको रोमन ७७ किलोमा रुस ओलम्पिक कमिटीका मुसा एभलोभ र अर्मेनियाका अर्तुर अलेक्सान्याकानको भिडन्त हुनेछ । महिला फ्रिस्टाइलको ६८ किलोमा अमेरिकाकी स्टक मेन्साइ र नाइजेरियाकी ओबुडु ब्लेसिगका बीच खेल हुनेछ  ।

डाइभिङमा पुरुष ३ मिटर स्प्रिङ बोर्डको खेल हुनेछ ।

पुरुष बास्केटबलको क्वार्टर फाइनलमा स्लोभानिया र जर्मनी, स्पेन र अमेरिका, इटाली र फ्रान्स तथा अस्ट्रेलिया र अर्जेन्टिनाका बीचमा खेल हुनेछ ।

बिच भलिबलको महिला क्वार्टर फाइनलको खेल हुनेछ । जर्मनी र अमेरिकाको जोडी, ब्राजिल र स्विट्जरल्यान्डको जोडी, लाट्भिया र क्यानडाको जोडी तथा क्यानडा र अस्ट्रेलियाको जोडीको बीचमा खेल हुनेछ ।

पुरुष फुटबलमा ब्राजिल र मेक्सिको तथा जापान र स्पेनका बीचमा खेल हुनेछ ।

पुरुष ह्यान्डबलको क्वार्टर फाइनल खेल पनि मङ्गलबार हुनेछ । फ्रान्सले बहराइन, स्विडेन र स्पेन, डेनमार्क र नर्वे तथा जर्मनी र इजिप्टका बीचमा खेल हुनेछ ।

हक्कीको पुरुष सेमिफाइनलमा भारतले बेल्जियम र अस्ट्रेलियाले जर्मनीको सामना गर्नेछन् ।

भलिबलको पुरुष क्वार्टर फाइनल खेल हुने छन् । क्यानडाले रुस ओलम्पिक कमिटी, जापानले ब्राजिल, इटालीले अर्जेन्टिना र पोल्यान्डले फ्रान्सको सामना गर्नेछन् ।

वाटर पोलोको महिला स्पर्धामा क्यानडा र अमेरिका, स्पेन र चीन, नेदरल्यान्ड्स र हङ्गेरी तथा अस्ट्रेलिया र रुस ओलम्पिक कमिटीका बीचमा खेल हुनेछ ।

मङ्गलबारपछि सबै टिम खेलका नकआउट चरणका खेल हुनेछन् ।  –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ४० बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो