टोकियो ओलम्पिक : सबै टिम गेममा नकआउट चरण शुरू | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : सबै टिम गेममा नकआउट चरण शुरू


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् । पुरुषको प्यारलल बार र होरिजन्टेल बारका साथै महिलाको ब्यालेन्स बिमको स्पर्धा हुनेछ ।

एथ्लेटिक्स महिला लङजम्पको फाइनल हुनेछ । नाइजेरियाकी एज ब्रुम मुख्य दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भएकी छिन् । जर्मनीका मिहाबाब मालिका, युक्रेनकी बेख मार्या रुमान्चुक र अमेरिकी ब्रेटनी रिपयर्स र डारा टाभेसका बीच उपाधि भिडन्त हुनेछ ।

पुरुषको ४ सय मिटर हर्डल्समा नर्वेका विश्व कीर्तिमानधारी काल्र्सटन होहरलम स्वर्ण पदकका प्रबल दाबेदारको रूपमा रहेका छन् । अमेरिकाका बेन्जमिन राई उपविजेता हुने आकलन धेरैको छ ।

महिला ह्यामर थ्रोमा अमेरिकी डियना प्रायस मुख्य दाबेदार मानिएकी छन् । साबिक विजेता तथा विश्व कीर्तिमानधारी पोल्यान्डकी वल्डरज्याक अर्की मुख्य प्रतिस्पर्धी हुन् ।

महिला ८ सय मिटरमा होडबाजी खुला रहेको छ । सुडानी आदिवासी बाबुआमाकी छोरी अमेरिकी धाविका सत्र वर्षीय एथन मुको प्रदर्शनमाथि धेरैको आँखा गडेको छ ।

महिला २ सय मिटर अमेरिकी गाब्रियल थोमस उपाधि दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भए पनि आमैकाका सय मिटर च्याम्पियन एलन हेराथ थोम्सनको फर्म हेर्दा उनले उपाधि जित्ने सम्भावना प्रबल मानिन्छ ।

मङ्गलबार बक्सिङको महिला फाइनल भिडन्त हुनेछ । महिला फेदर वेटमा फिलिपिन्सका नेस्थी पेटेसियो र जापानका सेना आइरेका बिचमा खेल हुनेछ ।

क्यानोइमा महिला कायाकको सिङ्गल २ मिटर तथा पुरुष क्यानोइ डबल हजार मिटरको पदकको टुङ्गो लाग्नेछ । यसैगरी पुरुष कायम सिङ्गल हजार मिटरको पनि फाइनल हुनेछ । महिला कायम डबल ५ सय मिटरको पनि मङ्गलबार नै फाइनल हुने छ ।

साइक्लिङको टिम पर्सुटमा जर्मनीको भिडन्त चीनसँग हुने अनुमान गरिएको छ । पुरुष टिम स्प्रिन्टमा नेदरल्यान्डलाई बलियो दाबेदार मानिएको छ ।

सेलिङमा महिला स्कीफ, पुरुष स्किफ, मेन वान पर्सन र मिश्रित मुलथुलको फाइनल स्पर्धा हुनेछ । भारोत्तोलनमा पुरुष १०९ किलोको प्रतिस्पर्धा हुनेछ ।

कुस्तीमा पुरुष ग्रीको रोमन ७७ किलोमा हङ्गेरीका टमास लोरिन्ज र काजकिस्तानका अखमुख अजकोलको भिडन्त हुनेछ । पुरुष ग्रीको रोमन ७७ किलोमा रुस ओलम्पिक कमिटीका मुसा एभलोभ र अर्मेनियाका अर्तुर अलेक्सान्याकानको भिडन्त हुनेछ । महिला फ्रिस्टाइलको ६८ किलोमा अमेरिकाकी स्टक मेन्साइ र नाइजेरियाकी ओबुडु ब्लेसिगका बीच खेल हुनेछ  ।

डाइभिङमा पुरुष ३ मिटर स्प्रिङ बोर्डको खेल हुनेछ ।

पुरुष बास्केटबलको क्वार्टर फाइनलमा स्लोभानिया र जर्मनी, स्पेन र अमेरिका, इटाली र फ्रान्स तथा अस्ट्रेलिया र अर्जेन्टिनाका बीचमा खेल हुनेछ ।

बिच भलिबलको महिला क्वार्टर फाइनलको खेल हुनेछ । जर्मनी र अमेरिकाको जोडी, ब्राजिल र स्विट्जरल्यान्डको जोडी, लाट्भिया र क्यानडाको जोडी तथा क्यानडा र अस्ट्रेलियाको जोडीको बीचमा खेल हुनेछ ।

पुरुष फुटबलमा ब्राजिल र मेक्सिको तथा जापान र स्पेनका बीचमा खेल हुनेछ ।

पुरुष ह्यान्डबलको क्वार्टर फाइनल खेल पनि मङ्गलबार हुनेछ । फ्रान्सले बहराइन, स्विडेन र स्पेन, डेनमार्क र नर्वे तथा जर्मनी र इजिप्टका बीचमा खेल हुनेछ ।

हक्कीको पुरुष सेमिफाइनलमा भारतले बेल्जियम र अस्ट्रेलियाले जर्मनीको सामना गर्नेछन् ।

भलिबलको पुरुष क्वार्टर फाइनल खेल हुने छन् । क्यानडाले रुस ओलम्पिक कमिटी, जापानले ब्राजिल, इटालीले अर्जेन्टिना र पोल्यान्डले फ्रान्सको सामना गर्नेछन् ।

वाटर पोलोको महिला स्पर्धामा क्यानडा र अमेरिका, स्पेन र चीन, नेदरल्यान्ड्स र हङ्गेरी तथा अस्ट्रेलिया र रुस ओलम्पिक कमिटीका बीचमा खेल हुनेछ ।

मङ्गलबारपछि सबै टिम खेलका नकआउट चरणका खेल हुनेछन् ।  –एसेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ४० बजे

भारतीय प्रधानमन्त्री मोदी मौरिसस भ्रमणमा

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणका

२०३० सम्म भारतमा प्रविधिको बजार ३ खर्ब ५० अर्ब डलर पुग्ने रक्षामन्त्री सिंहको दाबी

काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले सन् २०३० सम्म आफ्नो

फ्रान्सेली नागरिकलाई नेपाल भ्रमण गर्न मन्त्री पाण्डेको आग्रह

पेरिस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले

सन् २०२६ मा भारतको जीडीपी ६.५ प्रतिशतले बढ्ने पूर्वानुमान

काठमाडौं – आगामी वर्ष सन् २०२६ मा भारतको वास्तविक कुल

समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं – समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा