वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा २ महिला पुर्पक्षका लागि थुनामा « Khabarhub

वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा २ महिला पुर्पक्षका लागि थुनामा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुई जना महिलालाई थुनामा पठाउन आदेश दिएको छ ।

प्रहरीका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ की प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ की ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुरागकुमार द्विबेदीका अनुसार जिल्ला अदालतको आदेश लगत्तै उनीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।

एसपी द्विवेदीका अनुसार वीरगञ्जबाट काठमाडौँमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि थापा मगर र पोमुले फकाएर र धम्क्याएर बेस्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४० बजे

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३