वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा २ महिला पुर्पक्षका लागि थुनामा « Khabarhub

वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा २ महिला पुर्पक्षका लागि थुनामा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्ल्याट भाडामा लिएर वेश्यावृत्तिमा संलग्न गराएको अभियोगमा जिल्ला अदालत काठमाडौंले दुई जना महिलालाई थुनामा पठाउन आदेश दिएको छ ।

प्रहरीका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ की प्रिती थापा मगर र झापाको गौरादह नगरपालिका–५ की ज्योती पोमुलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागी थुनामा पठाउन आदेश दिएको हो ।

प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोका एसपी अनुरागकुमार द्विबेदीका अनुसार जिल्ला अदालतको आदेश लगत्तै उनीहरुलाई पुर्पक्षका लागी केन्द्रीय कारागार जगन्नाथदेवलमा थुनामा पठाइएको छ ।

एसपी द्विवेदीका अनुसार वीरगञ्जबाट काठमाडौँमा आमाको उपचार गराउन आएकी किशोरी आमाको मृत्युपछि थापा मगर र पोमुले फकाएर र धम्क्याएर बेस्याबृत्तिमा लगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ९ : ४० बजे

संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अदालतको फैसला, नेपालको संविधान

प्रधानमन्त्रीलाई विदुषीले भनिन्- आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्रिँदै थुन्नाले मनोबल घटाएको छ

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी

चीनबाट नेपालमा पाँचौँ चरणको आपत्कालीन राहत सामग्री आइपुग्यो 

काठमाडौं– चीनले नेपाललाई उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको पाँचौँ खेप

कुमार बेनलाई तत्काल पक्राउ गर्न जेन-जी मुभमेन्टको माग

काठमाडौं– जेन-जी मुभमेन्ट नेपालले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई तत्काल पक्राउ

भोटेकोशीमा बाढीमा दोलखाका ५४ जना बेपत्ता, अन्तिम संस्कारको तयारीमा आफन्त

दोलखा– भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर दोलखाका ५४ जना बेपत्ता