मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ « Khabarhub

मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर- मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् ।

विसं २०६९ मा सडक कामदारको आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम भोजपुर नगरपालिका–२ हेलौँछाको जङ्गलबाट लुटेर विश्वकर्मा फरार भएको प्रहरीले जनाएको छ ।

विसं २०७३ मा जिल्ला अदालत भोजपुरले विश्वकर्मालाई छ वर्ष कैद र रु १२ लाख ७७ हजार २५० जरिवानाको फैसला गरेको थियो ।

फैसला तोकिएका विश्वकर्मालाई झापाको बेलडाँगीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख राजकुमार राईले जानकारी दिए । विश्वकर्मालाई कैद भुक्तानका लागि आइतबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ५५ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र