२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान « Khabarhub

२५ महिलालाई श्रीलंकामा बन्धक बनाएको आरोपमा पक्राउ परेकी मुखिया जेल चलान


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २५ महिलालाई श्रीलंका पुर्‍याएर बेचबिखन गरी बन्धक बनाएको आरोपमा पक्राउ परेकी एक महिलालाई जेल चलान गरिएको छ ।

प्रहरीका अनुसार कुवेतमा आकर्षक तलब हुने भनेर श्रीलंका पुर्‍याएर २५ महिलालाई बन्धक बनाएको आरोपमा सुनसरी रामधुनी नगरपालिका–९ की ४० वर्षीया सावित्रीदेवी मलाह भन्ने सावित्री मुखियालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो ।

पक्राउ परेकी मुखियालाई काठमाडौँ जिल्ला अदालतको १५ साउनको आदेशले पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल थुनामा पठाएको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक अनुरागकुमार द्वीवेदीका अनुसार महिलाहरूलाई आकर्षक तलब हुन्छ भनी काठमाडौँबाट सप्तरीको राजविराज हुँदै हनुमाननगर नाकाबाट भारतको नयाँ दिल्ली हुँदै श्रीलंका पुर्‍याएर बन्धक बनाउने कार्यमा संलग्न रहेको आरोपमा मुखियालाई पक्राउ गरिएको थियो ।

बन्धक बनाएका महिलालाई श्रीलंका प्रहरीको सहयोगमा उद्धार गरिएको ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १ : १५ बजे

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल