सप्तरीमा शतप्रतिशत धान रोपाइँ « Khabarhub

सप्तरीमा शतप्रतिशत धान रोपाइँ

९०० बिघा डुबानमा


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– यस वर्ष मनसुन छिटै सक्रिय भई निरन्तर वर्षा जारी भएपछि सप्तरीमा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

असारको पहिलो साताबाट धान रोपाइँ शुरु भएर अहिले जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । विगतका वर्षमा समयमा वर्षा नहुँदा रोपाइँ ढिलो हुने गरेको भए पनि यस वर्ष उचित समयमा वर्षा भएकाले शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार धानखेतीका लागि करिब ७० हजार ५०० हेक्टर जग्गा रहेको सप्तरीमा यस वर्ष ५९ हजार हेक्टरमा धान रोपाइँ भएको छ ।

जिल्लाको उत्तरी भेगमा चुरे जङ्गल र बाँझो जमिन हुने भएकाले त्यस ठाउँमा धानखेती गर्न गाह्रो हुने गरेको छ । केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादवले जिल्लाको १८ वटै स्थानीय तहमा धानखेती भएको बताउँदै समयमा वर्षा भएका कारण शतप्रतिशत धान रोपाइँ भएको बताए ।

यस वर्ष विभिन्न खोला तथा नदीमा आएको बाढीका कारण ९०० बिघा जग्गामा रोपाइँ गरिएको धान डुबानमा परेको छ भने २०० बिघा जग्गाका कटानसमेत भएको उनको भनाइ छ । प्रमुख यादवले भने, “सधैँ अकाशे पानीबाट निर्भर रहेको यस वर्ष समयमा वर्षा भएको र पानीसँगै विभिन्न नदी र खोलामा आएको बाढीका कारण ६०० हेक्टर जग्गा डुबान भएर क्षतिसमेत भएको छ ।

जिल्लाको तिलाठी कोइलाडी, बलानबिहुल र तिरहुत गाउँपालिका तथा कञ्चनरुप र सप्तकोशी नगरपालिकामा लगाइएको धानबाली डुबानबाट क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । उक्त ठाउँमा बाढीले केही धानखेत कटानसमेत गरेको छ । यस वर्ष करिब ९९ हजार बिघा जग्गामा धान रोपाइँ गरिएको जानकारी दिँदै समयमा वर्षा भएकाले धान उत्पादनसमेत बढ्ने केन्द्रका प्रमुख यादवले जानकारी दिए ।

यसरी नै समयमा वर्षा भइरहे उब्जनीसमेत राम्रो हुने बताउँदै सप्तरी जिल्लामा सिञ्चित ४० हजार र असिञ्चित ३० हजार हेक्टर गरी कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गा रहेकामा ५९ हजार २५७ हेक्टर जग्गामा धानखेती हुँदै आएको छ ।

जिल्लामा रहेको नेपालकै पुरानो चन्द्रनहरको उचित व्यवस्थापन्न नगरेकाले अकाशे पानीको भरमा यहाँ खेती हुने गरेको छ । साथै सानासाना नहरसमेत मर्मत नहुँदा सप्तरी जिल्लामा सिँचाइ सुविधाबाट किसान बञ्चित रहेको जनाइएको छ ।

जिल्लाको हनुमानगर कंकालनी नगरपालिका–२ सकरदहीका किसान लाल माझीले जिल्लामा रहेको कोशी ब्यारेजबाट निस्केको पश्चिमी नहर र चन्द्रनहरमा धान र गहुँखेतीको समयमा पानी सुविधा पुर्‍याउन नसकिएको कारण खेती गर्न कठिनाइ हुने गरेको गुनासो गरे । खासगरी वर्षाकै भरमा हामी खेती गर्दै आएको बताउँदै यी नहरलाई मर्मतसम्भार र समयमा पानी नदिएका कारण खेतीपातीमा ह्रास आउन थालेको किसानको भनाइ छ ।

नेपालमा कूल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश नं २ मा हुँदै आएको बताइएको छ । गत वर्ष प्रदेशमा १४ लाख २० हजार ४३६ टन धान उत्पादन भएको भूमि व्यवस्था तथा कृषि मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  २ : ५० बजे

सुडानमा विमान दुर्घटना, विमानमा सवार १४ जनाको मृत्यु

जुवा – दक्षिण सुडानको राजधानी जुबा नजिकै सोमबार एउटा सानो

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । व्यवसायी शेखर गोल्छालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

ब्याटिङ नचल्दा दिल्लीको लज्जास्पद हार, आरसीबी ९ विकेटले विजयी

काठमाडौं – आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ

बागमतीमा मन्त्रालयको संख्या ७ मात्रै बनाउन विपक्षीको सुझाव

काठमाडौँ- नेकपाले बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या ७ वटामात्रै गर्न

पर्यटन प्रवर्द्धनका लागि नेपाली फोटो पत्रकार टोली बङ्गलादेश प्रस्थान

काठमाडौं – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपालका १० सदस्यीय