तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान « Khabarhub

तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको सरकारले तालिबान समूहसँगको शान्ति वार्ता असफल भएको अवस्थामा भारतको सहयोग आवश्यक पर्ने जनाएको छ । अफगानस्तिानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएसँगै अफगानिस्तानमा आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको छ ।

भविष्यमा अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानी समूहले सरकारसँग वार्ता गर्ने र अफगानिस्तानमा शान्ति स्थापना गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तान सरकारले तालिबानसँगको उक्त शान्ति वार्ता असफल भएमा भारतको सैन्य सहयोग आवश्यक पर्ने जनाएको ।

अफगान सरकारले अफगानिस्तानका लागि भारतका लागि राजदूतसँग भारतको सैन्य सहयोग आवश्यक पर्नसक्ने भएकोले त्यसका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाउन सहयोगको आग्रह गरेका छन् ।

जसमा अफगानिस्तानमा आफ्नो सेना पठाएर त्यहाँको शान्ति स्थापनाका लागि प्रशिक्षण र प्राविधिक सहयोगजस्ता क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । अफगानिस्तानको बढ्दो आक्रमण र नियन्त्रणको बीचमा तालिवान र अफगानिस्तान सरकारका प्रतिनिधिहरू वार्ता गर्ने भएका छन् । अमेरिकाले अगस्टको अन्त्यसम्ममा त्यहाँ लगभग दुई दशकको युद्धलाई शान्त पार्न खोजिरहेको छ ।

यद्यपि दोहामा भएको शान्ति वार्ताको सम्झौता उल्लंघन भएको छ र अहिले तालिबान पूर्ण सैन्य विजयमा अघि बढेको एएफपीले जनाएको छ ।

“के हामी तालिवानसँगको शान्ति प्रक्रियाको चरणमा पुग्दैनौं ? त्यसो भए त्यस्तो समय आउनेछ, जुन हामी आगामी वर्षहरूमा भारतको सैन्य सहयोग र बढी सैन्य सहयोग खोज्नेछौं,” भारतका लागि अफगानिस्तानका राजदूत फरीद ममुन्डजेले भने ।

“हामी अफगानिस्तानमा सेना पठाउन भारतको सहयोग खोजिरहेका छैनौँ । अफगानिस्तानमा हाम्रो युद्ध लड्न उनीहरूको प्राविधिक सहयोग आवश्यक छ,” उनले स्पष्ट गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा आफ्ना सम्पूर्ण सेनाहरु फिर्ता गरिसक्ने घोषणा गरेको छ । अमेरिकी सेना सन् २००१ देखि अफगानिस्तानको सुरक्षा र आतंकवादविरुद्ध लडिरहेको थियो । अमेरिकी सेना फिर्ता गर्ने क्रम बढेसँगै तालिबानी समूहले अफगानिस्तानको सीमा क्षेत्रहरुमा कब्जा गर्न शुरु गरिसकेका छन् ।

अफगानिस्तानको अशान्त अवस्थाले फेरि क्षेत्रीय अशान्ति सिर्जना हुने भएकोले भारत, पाकिस्तानलगायतका मुलुकहरु सजग हुनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : १६ बजे

यज्ञराजको दाबी : एमाले ओखलढुंगामा विवाद छैन, एजेन्डाले चुनाव जित्छौँ

ओखलढुङ्गा- नेकपा एमालेले ओखलढुङ्गामा अरूलाई आक्षेप नलगाई आफ्नै एजेन्डाका आधारमा

वीरगञ्जमा मान्छे नभएका घरमा लक्षित गर्दै गरगहना चोरी

वीरगञ्ज (पर्सा)- वीरगञ्ज महानगर क्षेत्रमा मान्छे नभएको घरलाई लक्षित गर्दै

रास्वपाद्वारा बैतडी बस दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको पुर्चौंडी नगरपालिका–७ स्थित वडूगाउँ

हवल्दार नै रास्वपाको चुनावी प्रचारमा लागेपछि पुगे हिरासत

काठमाडौं- नेपाल प्रहरीका एकजना बहालवाला हवल्दार नै राष्ट्रिय स्वतन्त्र पार्टीको

कूटनीतिक दबाबपछि यूएईद्वारा सयभन्दा बढी अफगान कैदी रिहा

दुबई- संयुक्त अरब इमिरेट्स (यूएई)ले अफगानिस्तानको विदेश मन्त्रालयको विशेष निर्देशन