तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान | Khabarhub Khabarhub

तालिबानसँगको वार्ता असफल भएमा भारतको सैन्य सहयोग चाहिन्छ : अफगानिस्तान


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानको सरकारले तालिबान समूहसँगको शान्ति वार्ता असफल भएको अवस्थामा भारतको सहयोग आवश्यक पर्ने जनाएको छ । अफगानस्तिानबाट अमेरिकी सेना फिर्ता हुने क्रम शुरु भएसँगै अफगानिस्तानमा आक्रमणका घटनाहरुमा वृद्धि भइरहेको छ ।

भविष्यमा अमेरिकी सेना फिर्ता भइसकेपछि तालिबानी समूहले सरकारसँग वार्ता गर्ने र अफगानिस्तानमा शान्ति स्थापना गर्ने अपेक्षा गरिएको छ । अफगानिस्तान सरकारले तालिबानसँगको उक्त शान्ति वार्ता असफल भएमा भारतको सैन्य सहयोग आवश्यक पर्ने जनाएको ।

अफगान सरकारले अफगानिस्तानका लागि भारतका लागि राजदूतसँग भारतको सैन्य सहयोग आवश्यक पर्नसक्ने भएकोले त्यसका लागि आवश्यक प्रक्रियाहरु अगाडि बढाउन सहयोगको आग्रह गरेका छन् ।

जसमा अफगानिस्तानमा आफ्नो सेना पठाएर त्यहाँको शान्ति स्थापनाका लागि प्रशिक्षण र प्राविधिक सहयोगजस्ता क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छन् । अफगानिस्तानको बढ्दो आक्रमण र नियन्त्रणको बीचमा तालिवान र अफगानिस्तान सरकारका प्रतिनिधिहरू वार्ता गर्ने भएका छन् । अमेरिकाले अगस्टको अन्त्यसम्ममा त्यहाँ लगभग दुई दशकको युद्धलाई शान्त पार्न खोजिरहेको छ ।

यद्यपि दोहामा भएको शान्ति वार्ताको सम्झौता उल्लंघन भएको छ र अहिले तालिबान पूर्ण सैन्य विजयमा अघि बढेको एएफपीले जनाएको छ ।

“के हामी तालिवानसँगको शान्ति प्रक्रियाको चरणमा पुग्दैनौं ? त्यसो भए त्यस्तो समय आउनेछ, जुन हामी आगामी वर्षहरूमा भारतको सैन्य सहयोग र बढी सैन्य सहयोग खोज्नेछौं,” भारतका लागि अफगानिस्तानका राजदूत फरीद ममुन्डजेले भने ।

“हामी अफगानिस्तानमा सेना पठाउन भारतको सहयोग खोजिरहेका छैनौँ । अफगानिस्तानमा हाम्रो युद्ध लड्न उनीहरूको प्राविधिक सहयोग आवश्यक छ,” उनले स्पष्ट गरे ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ सम्ममा आफ्ना सम्पूर्ण सेनाहरु फिर्ता गरिसक्ने घोषणा गरेको छ । अमेरिकी सेना सन् २००१ देखि अफगानिस्तानको सुरक्षा र आतंकवादविरुद्ध लडिरहेको थियो । अमेरिकी सेना फिर्ता गर्ने क्रम बढेसँगै तालिबानी समूहले अफगानिस्तानको सीमा क्षेत्रहरुमा कब्जा गर्न शुरु गरिसकेका छन् ।

अफगानिस्तानको अशान्त अवस्थाले फेरि क्षेत्रीय अशान्ति सिर्जना हुने भएकोले भारत, पाकिस्तानलगायतका मुलुकहरु सजग हुनुपर्ने बताइएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ३ : १६ बजे

गिरीबन्धु प्रकरण : बालेन्द्रले सूची सार्वजनिक गर्दै भने- ५० खर्बको खेलोफड्को छ

बालेन्द्र शाह फाइल फाेटाे काठमाडौं- महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले झापाको

प्रधानमन्त्री प्रचण्डले पाए चौथो पटक विश्वासको मत

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका

नयाँ शक्तिको भ्रष्ट चरित्र नाङ्गियो : चित्रबहादुर केसी

काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा गृहमन्त्री

मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित 

गलेश्वर– लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण म्याग्दीमा लगाइएको

कांग्रेसको आरोप : सरकार सहकारी ठगहरू जोगाउन लाग्यो, सभामुख मतियार बने

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरू जोगाउन संसदीय