बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएकोे थियो । सो मुद्दामा उच्च अदालतले रु ३९ लाख ९६ हजार ४०० जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  १० : ०१ बजे

दुई सय बत्तीस जना सवार विमानको इन्जिन मध्य आकाशमा बिग्रिएपछि…

काठमाडौँ – भारतको राजधानी नयाँदिल्लीबाट क्यालिफोर्नियाको सानफ्रान्सिस्कोका निम्ति चालक दलका

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज  दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि

कैलालीमा माटोको ढिस्कोमा पुरिएर महिलाको मृत्यु

धनगढी – कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु भएको

एसियन कप छनोट : नेपाल म्यानमारसँग पराजित

काठमाडौँ – एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो

रेशमको रिहाइविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा