श्रीलंकामा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

श्रीलंकामा एक करोड बढीले लगाए कोरोनाविरुद्धको खोप


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- श्रीलंकामा एक करोड बढीले कोभिड–१९ विरूद्धको खोप लगाएका छन् ।

श्रीलंकामा यसै वर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि हो ।

औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाका अनुसार श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख व्यक्तिहरु खोप लगाउन बाँकी रहेकोमा सो उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइनेछ ।

जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भने, “श्रीलंकाका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौं हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।”

सरकारी अधिकारीका अनुसार श्रीलंकाले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ । ३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ४५ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते