वाग्मती प्रदेश सरकारद्वारा दुई अध्यादेश स्वीकृत « Khabarhub

वाग्मती प्रदेश सरकारद्वारा दुई अध्यादेश स्वीकृत


१९ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती कर्मचारीको पदस्थापन, सरुवा तथा काज सम्बन्धमा पहिलो सम्बोधन गर्न बनेको विधेयक २०७८ र प्रदेश नीति तथा योजना आयोग (गठन र कार्य सञ्चालन) चौथो संशोधन २०७८ को अध्यादेश स्वीकृत गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले काठमाडौँको कीर्तिपुर नगरपालिका र चीनको हुवेयी प्रान्तस्थित हुवाङगाङ सहरबीच भगेनी सम्बन्ध स्थापित गर्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले बताए ।

सो बैठकले बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत चालू आव २०७८/७९ भित्र २८३ अस्थायी दरबन्दीको कर्मचारीको पदस्थापना गर्न स्वीकृत प्रदान गरेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ८ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्