आफ्नो जित निकाल्न चाहनुहुन्छ ? मुस्कुराउनुहोस् « Khabarhub

आफ्नो जित निकाल्न चाहनुहुन्छ ? मुस्कुराउनुहोस्


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईंले आफ्नो दिमाग शान्त राख्न सक्नुभयो भने सबै कुरा ठीक हुन्छ । तपाईंको मस्तिष्क शान्त छ भन्ने मानिस समक्ष कसरी पुर्‍याउन सक्नुहुन्छ ? जवाफ ज्यादै सजिलो छ— मुस्कुराउनुहोस् । चाहे जस्तोसुकै होस् मुस्कुराउनुहोस् । तपाईं बिहान आफ्ना सहकर्मीलाई अभिवादन गर्दा मुस्कुराउनुहोस् । तपाईं हात मिलाउँदा पनि मुस्कुराउनुहोस् । जब स्थिति तनावग्रस्त हुन्छ तब पनि मुस्कुराउनुहोस् । चाहे जेसुकै होस्, बस् मुस्कुराउनुहोस् ।

तपाईंको मुस्कान सच्चा, इमानदार, निष्कपट, मित्रवत र खुशीले भरिएको हुनुपर्छ । आफ्नो मुस्कानलाई सच्चा बनाउनको लागि यो सारा कुरालाई ध्यान दिनुपर्छ । यदि तपाईं नाटक गर्नुहुन्छ भने त्यो तुरुन्तै थाहा हुन पनि सक्छ । तपाईंको मुस्कान सच्चा हुनुपर्छ । तपाईंले वास्तवमै खुशी महसुस गर्नुपर्छ । तपाईंले यसको आनन्द लिनुपर्छ नत्र तपाईंको मुस्कान झुटो र बेइमानीले भरिएको लाग्नेछ । यदि तपाईंलाई आनन्द आइरहेको छैन भने झुटो मुस्कानको नाटक नगर्नुहोस् ।

मुस्कान असली छ भने त्यो अन्दाज गरेर नै थाहा पाउन सक्छौँ । तपाईंले बस आफ्नो मुस्कानलाई सुधार्नुपर्छ । यसको निमित्त रिहर्सल गर्नुहोस् ।

ऐनामा हेरेर मुस्कुराउनुहोस् । तपाईंले आफ्नो मुस्कानमा गडबडी पनि पाउन सक्नुहुन्छ । तपाईंले आफूलाई ऐनामा हेर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो मुस्मानलाई राम्रो बनाउनको लागि मुस्कुराउँदा दाँत देखाउनुहोस् तर जरुरतभन्दा बढी होइन । यसले के प्रमाणित गरोस् भने तपाईंको मुस्कान सच्चा र इमानदार छ । यसको अभ्यास तपाईंको मुस्कान सुधार नहुन्जेलसम्म गरिरहनुहोस् । किनकि तपाईंको सच्चा मुस्कानसहितको सेवा तथा व्यवहारले नै दुनियाँले तपाईंको भरोसा गर्नेछन् । तपाईंमाथि आँखा चिम्लेर विश्वास गर्नेछन् भने तपाईं आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ ।

साभार : तपाईंको जितपुस्तकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ३० बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको