आफ्नो जित निकाल्न चाहनुहुन्छ ? मुस्कुराउनुहोस् | Khabarhub Khabarhub

आफ्नो जित निकाल्न चाहनुहुन्छ ? मुस्कुराउनुहोस्


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यदि तपाईंले आफ्नो दिमाग शान्त राख्न सक्नुभयो भने सबै कुरा ठीक हुन्छ । तपाईंको मस्तिष्क शान्त छ भन्ने मानिस समक्ष कसरी पुर्‍याउन सक्नुहुन्छ ? जवाफ ज्यादै सजिलो छ— मुस्कुराउनुहोस् । चाहे जस्तोसुकै होस् मुस्कुराउनुहोस् । तपाईं बिहान आफ्ना सहकर्मीलाई अभिवादन गर्दा मुस्कुराउनुहोस् । तपाईं हात मिलाउँदा पनि मुस्कुराउनुहोस् । जब स्थिति तनावग्रस्त हुन्छ तब पनि मुस्कुराउनुहोस् । चाहे जेसुकै होस्, बस् मुस्कुराउनुहोस् ।

तपाईंको मुस्कान सच्चा, इमानदार, निष्कपट, मित्रवत र खुशीले भरिएको हुनुपर्छ । आफ्नो मुस्कानलाई सच्चा बनाउनको लागि यो सारा कुरालाई ध्यान दिनुपर्छ । यदि तपाईं नाटक गर्नुहुन्छ भने त्यो तुरुन्तै थाहा हुन पनि सक्छ । तपाईंको मुस्कान सच्चा हुनुपर्छ । तपाईंले वास्तवमै खुशी महसुस गर्नुपर्छ । तपाईंले यसको आनन्द लिनुपर्छ नत्र तपाईंको मुस्कान झुटो र बेइमानीले भरिएको लाग्नेछ । यदि तपाईंलाई आनन्द आइरहेको छैन भने झुटो मुस्कानको नाटक नगर्नुहोस् ।

मुस्कान असली छ भने त्यो अन्दाज गरेर नै थाहा पाउन सक्छौँ । तपाईंले बस आफ्नो मुस्कानलाई सुधार्नुपर्छ । यसको निमित्त रिहर्सल गर्नुहोस् ।

ऐनामा हेरेर मुस्कुराउनुहोस् । तपाईंले आफ्नो मुस्कानमा गडबडी पनि पाउन सक्नुहुन्छ । तपाईंले आफूलाई ऐनामा हेर्न सक्नुहुन्छ ।

तपाईंले आफ्नो मुस्मानलाई राम्रो बनाउनको लागि मुस्कुराउँदा दाँत देखाउनुहोस् तर जरुरतभन्दा बढी होइन । यसले के प्रमाणित गरोस् भने तपाईंको मुस्कान सच्चा र इमानदार छ । यसको अभ्यास तपाईंको मुस्कान सुधार नहुन्जेलसम्म गरिरहनुहोस् । किनकि तपाईंको सच्चा मुस्कानसहितको सेवा तथा व्यवहारले नै दुनियाँले तपाईंको भरोसा गर्नेछन् । तपाईंमाथि आँखा चिम्लेर विश्वास गर्नेछन् भने तपाईं आफ्नो लक्ष्यमा पुग्न सक्नुहुनेछ ।

साभार : तपाईंको जितपुस्तकबाट

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ३० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी