वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा | Khabarhub Khabarhub

वडाध्यक्ष श्रेष्ठको निधनमा शोक बिदा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले वडा नं १९ का वडाध्यक्ष शशिलाल श्रेष्ठको निधनमा आज एक दिन शोक बिदा दिएको छ । पैसठ्ठी वर्षीय श्रेष्ठको उपचारका क्रममा बिहीबार नर्भिक अस्पतालमा मस्तिष्कघातका कारण निधन भएको हो ।

उनको निधन अकल्पनीय भएको जनाउँदै महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले मृतात्माको चीर शान्ति र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

यसैगरी उपप्रमुख हरिप्रभा खड्गीले महानगरले ठूलो क्षति व्यहोर्नुपरेको जनाउँदै मृतात्माको चीर शान्तिको कामना गरेका छन् । उनको शव आज बिहान ८ बजे अस्पतालबाट अन्तिम श्रद्धाञ्जिलका लागि वडामा लगिनेछ ।

बिहान ९ देखि अपराह्न ३ बजेसम्म वडामा राखेपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिने वडा सदस्य चन्द्रमान डङ्गोलले जानकारी दिए ।

विसं २०१३ पुस १४ गते जन्मिएका श्रेष्ठलाई गएको डेढ महिनाअघि आन्द्रामा क्यान्सर देखिएको थियो । उपचारकै क्रममा उनलाई मस्तिष्कघात भएपछि मृत्यु भएको हो ।

पञ्चायतकालमा वडा सदस्यका रूपमा निर्वाचित श्रेष्ठले विसं २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षका रूपमा विजयी भएका थिए । उनका श्रीमती, तीन छोरी र एक छोरा छन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ०९ बजे

आज २०८२ साल भदौ १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १७ गते मंगलबार ।

सोलुखुम्बुको थामेखोलाले पाँच घर बगायो

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामेखोलामा आएको बाढीले

नेपालले जित्यो आसामविरुद्धको सिरिज

काठमाडौं – भारतको गुवाहाटीमा सम्पन्न पाँच खेलको टी-२० शृंखला नेपाल

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ८०० नाघ्यो

अफगानिस्तान – अफगानिस्तानको दुर्गम, पहाडी क्षेत्रमा शक्तिशाली भूकम्पमा परी मृत्यु

प्रधानमन्त्री ओली र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

काठमाडौं – साङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनको