हाम्रो प्रतिज्ञा शरणार्थी शिविरकी ती बालिकाप्रति हुनै पर्छ « Khabarhub

हाम्रो प्रतिज्ञा शरणार्थी शिविरकी ती बालिकाप्रति हुनै पर्छ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मैले समाचार सुनेअनुसार नै अफगानिस्तानमा मानिसहरू अमेरिकी विमान चढ्न भिडमा कुदाकुद गरिरहेको वा हजारौँ जनाले सहयोगका लागि गरेको आग्रह मेरो अफिससम्म आइपुगेको छ । यस घटनाले म तुरुन्तै मेरो बाल्यकालमा फर्किएँ । म दश वर्षकी हुँदा केन्याको शरणार्थी शिविरमा रहँदाको क्षण मलाई अझै याद छ । हामी कसरी बाहिर जाने भन्ने विषयमा मेरा बा र हजुरबाका बीच भएको छलफल अझै मेरो कानमा गुन्जिरहन्छ । ‘हामी अमेरिकामा मात्र अमेरिकी जस्तो भएर बाच्न सक्छौँ,’ मेरा हजुरबाले भन्नुभयो, ‘अन्यत्र जहाँ पनि हामी पाहुना नै हुनेछौँ ।’

उहाँ सही हुनु हुन्थ्यो । म भाग्यमानी ठहरिएँ कि अमेरिकी भएँ, पाहुना भइनँ र मेरो नयाँ घर मिनसोटाको प्रतिनिधित्व गर्दै म कांग्रेसको सभाहलमा प्रवेश गरेँ । तर, अहिले हजारौँ अफगानीहरू जसले अमेरिकालाई सहयोग गर्ने क्रममा आफ्नो जीवन जोखिममा पारे, उनीहरू त्यहीँ जीवन बाँच्ने अवसर पाइने हो कि होइन भन्ने चिन्तामा रहेका छन् ।

हामीले अहिले सामना गरेको प्रश्न विगतका गल्तीहरूबाट पाठ सिक्ने कि नसिक्ने भन्ने हो । के हामी भियतनामको उदाहरण पछ्याउँछौँ र अफगानीहरूको पीडा र आवश्यकता पहिचान गर्छौ ? या हामी फेरि एक पटक जन्मवादको सिकार हुन्छौँ र प्रलयकारी मोडमा जाने गरी हजारौँलाई मृत्युवरण गर्न दिन्छौँ ?

म आठ वर्षकी हुँदा मेरो परिवार सोमालिया गृहयुद्धबाट बचेको थियो तर शरणार्थी शिविरको जीवन विरलै राम्रो थियो । हरेक साता मैले चिनेको कुुनै न कुनै आफन्तको मृत्यु हुन्थ्यो, छ जनाको परिवार रहेको मेरा कुनै आफन्तले दुई सातामा दुवै अभिभावक गुमाए । मेरा काका, काकी, उहाँका छोराछोरी र मेरा आफ्ना दाजुभाइ दिदी बहिनी सबैलाई मलेरिया भयो ।

मेरो परिवारको मानवतामाथिको विश्वासले अन्ततः मेरो जीवन बचायो । करिब चार वर्ष शरणार्थी शिविरको बसाइ र एक वर्ष राष्ट्र संघ र अमेरिकाको जाँच बुझपछि अन्त्यमा हामीले अमेरिकाको स्वर्णिम टिकट पायौँ । केन्यालीको उदारता, राष्ट्र संघका कर्मचारीको थकानरहित मिहिनेत तथा म र मेरा परिवारलाई अमेरिकी जनताले स्वागत भाव देखाएर नयाँ जीवनको अवसर नदिएको भए म अहिले मेरो बच्चाहरूलाई सुविधापूर्वक हुर्काइरहेकी हुने थिइनँ ।

अहिलेको कठिन परिस्थितिमा हामीले उत्कृष्ट इतिहास कोर्नु छ र स्वतन्त्रतापूर्वक बाँच्ने तृष्णामा अल्झिरहेका धेरैका सामु हाम्रो हात खुला गर्नुपर्ने छ । राष्ट्रपति जो बाइडेनले राष्ट्रपतीय क्याम्पेनको क्रममा भन्नुभएको थियो, ‘हामी जे हौँ वा जसले हामीलाई पृथक र गर्विलो अमेरिकी बनाएको छ, त्यसतिर कहिल्यै ढाड नफर्काऔँ । राष्ट्रको रूपमा हाम्रो उच्चतम मूल्य प्रतिध्वनित हुने अध्यागमन नीति अमेरिकाका लागि सुहाउँछ ।’ हामी अहिले त्यसो नै हुनु पर्छ ।

शताब्दीसम्म यो नै अमेरिकाको आदर्श बन्यो । बीसौँ शताब्दीको शुरूवातमा पूर्वीयुरोपभर नरसंहार फैलिएको थियो र भूमध्य क्षेत्रमा अति नै अभावको अवस्था थियो । संयुक्त राज्य अमेरिकाले एक करोड ५० लाख आप्रवासीलाई स्वागत गरेको थियो । तीमध्ये धेरै युरोपदेखि हाम्रै किनारसम्मका थिए ।

भियतनाम युद्ध ब्युँझिएसँगै फोर्ड प्रशासनले तत्कालै त्यो क्षेत्र छाड्नेलाई कानुनीरूपमा अमेरिका प्रवेश गर्ने अनुमति प्रदान गरेको थियो । त्यसपछि कंग्रेसले पारित गरेसँगै राष्ट्रपतिले इन्डोचाइना आप्रवासी तथा शरणार्थी सहयोग नियमावली, १९७५ मा सम्झौता गरे । यसले भियतनामी, कम्बोडियाली र लाओसका १ लाख ४० हजार शरणार्थी पुनः व्यवस्थित गर्न ४५० मिलियन अमेरिकी डलर उपलब्ध गराएको थियो ।

२०१७ सम्ममा मेरो गृहप्रान्त मिनसोटामा १३ लाख भियतनामी शरणार्थीको बसोबास रहेको छ । भियतनामसँग अमेरिकाको पक्षबाट लडाइँ गर्ने आदिवासी हमोङ समुदाय १९७५ मा यता आएपछि महत्वपूर्ण रूपले फस्टाउँदै गएको छ । संयोगवश, यसै समुदायले ओलम्पिक स्वर्ण विजेता सुनी ली पनि हाम्रा लागि पठाएको छ ।

हामीले कुनै कागज या कर्मचारीतन्त्रका कारणले मृत्युदण्ड हुन दिनु हुँदैन । राष्ट्रिय स्वार्थलाई थाती राखेर मानवतालाई प्राथमिकता दिँदै अहिले हामीले विगतमा भियतनाममा जस्तै अफगानी नागरिकलाई तत्काल यहाँ प्रवेश दिन आवश्यक छ । यसो गर्नका लागि प्रशासनसँग वैधानिक अख्तियारी छ ।

अवश्य पनि नयाँ आप्रवासी समुदाय प्रतिरोधसँगै भेटिने हो । उन्नाइसौँ शताब्दीको मध्यमा चिनियाँ आप्रवासीको शुरूवाती लहर आउँदा कंग्रेसले लाजलाग्दो चिनियाँ बहिस्कार ऐन पारित गरेको थियो । यो ऐन १९४३ सम्म कायम थियो । बीसौँ शताब्दीको शुरूवातमा लाखौँ युरोपेली आप्रवासीलाई स्वागत गरेपछि रैथाने–जन्मवादले प्रश्रय पायो र १९२४ को अध्यागमन ऐनले दक्षिण र पूर्वीयुरोपका थुप्रै आप्रवासीलाई नियन्त्रणमा राख्यो ।

जर्मन नाजीहरूले निष्कासन गरेका लाखौँ यहुदी शरणार्थीलाई बाधा सृजना गर्दै यो कानून अपमानजनक रूपमा १९५२ सम्म कानूनहरूको सूचीमा रह्यो र हाम्रो इतिहासमा सदाका लागि दाग लगायो । यथार्थमा, १९३९ मा यी अध्यागमन मापदण्ड नौ सय यहुदी शरणार्थीलाई गरिएको इन्कार सही पुष्टि गर्न लागु गरिएको थियो जो एमएस सेन्ट लुइसमा संयुक्त राज्य अमेरिका प्रवेशका लागि नाजी जर्मनीबाट भागेका थिए । यहाँका धेरै जना पछि हिटलरको डेथ क्याम्पमा मरे ।

यो प्रलयकारी र भन्नै नसकिने अन्यायको उठान थियो र संसारभरिका देशहरू हिंसाबाट भाग्नेहरूलाई शरण दिन असफल भएका थिए । त्यो अमेरिका जसले १९४८ मा मानव अधिकारको विश्वव्यापी घोषणाको सृजना गर्ने कुराको नेतृत्व गरेको थियो, जसमा घोषणा गरिएको थियो, ‘सत्ताबाट सताइएपछि हरेक व्यक्ति अन्य देशमा शरण खोज्न र त्यहीँ रमाउन सक्छ ।’ यसपछि जेनेभा सम्मेलनमा अन्तर्राष्ट्रिय कानूनको रूपमा संसारभरिको अध्यागमन कानून र हाम्रो कानूनको रूपमा संहिताबद्ध भयो ।

हामीले अहिले सामना गरेको प्रश्न विगतका गल्तीहरूबाट पाठ सिक्ने कि नसिक्ने भन्ने हो । के हामी भियतनामको उदाहरण पछ्याउँछौँ र अफगानीहरूको पीडा र आवश्यकता पहिचान गर्छौ ? या हामी फेरि एक पटक जन्मवादको सिकार हुन्छौँ र प्रलयकारी मोडमा जाने गरी हजारौँलाई मृत्युवरण गर्न दिन्छौँ ?

यो यथार्थको विश्वव्यापी रूपमा सामना गर्न हुने प्रयासको नेतृत्व गर्ने अवसर राष्ट्रपति बाइडेन समक्ष छ । गएको एक सातामा मात्र काबुलबाट ७० हजार जना मान्छे बाहिर निस्कने श्रेयको हकदार पनि राष्ट्रपति हुन् तर त्यहाँ सहयोग आवश्यक रहेका दसौँ हजार छन् । मेरो कार्यालयमा मात्र गएको दुई सातामा आफ्ना परिवारका सदस्य तथा साथीहरूलाई अफगानिस्तानबाट बाहिर निकाल्न पाँच हजार वटा निवेदन परेका छन् ।

आफ्नो जीवन नै नरहने त्रासमा रहेका हजारौँको प्रतिनिधित्व यिनले गरेका छन् । अफगानिस्तानका जनताले लगातार सहनुपर्ने आतंकका शृंखला स्वरूप बिहीबार अफगानीमाथि र अमेरिकी सर्भिस सदस्यमाथि आक्रमण भएको छ । त्यहाँ रहेकालाई उद्धार गर्ने शक्ति दोब्बर गर्ने र त्यहाँ अत्यन्त जोखिममा रहेकाका लागि आवश्यक सबै कदम उठाउने समय आइसकेको छ ।

हामीले कुनै कागज या कर्मचारीतन्त्रका कारणले मृत्युदण्ड हुन दिनु हुँदैन । राष्ट्रिय स्वार्थलाई थाती राखेर मानवतालाई प्राथमिकता दिँदै अहिले हामीले विगतमा भियतनाममा जस्तै अफगानी नागरिकलाई तत्काल यहाँ प्रवेश दिन आवश्यक छ । यसो गर्नका लागि प्रशासनसँग वैधानिक अख्तियारी छ ।

हाम्रो देशले अहिले सामना गरिरहेको अवस्थामा यो छनोट हो । हामी संयुक्त राज्य अमेरिकाको पक्षमा लडेर जीवन जोखिममा पार्ने अफगानीहरूप्रति ऋणी छौँ । हामी शरणार्थी शिविरमा जकडिएकी सानी बालिकाप्रति ऋणी छौँ, जो पाहुनामात्र हुनेछिन् या अमेरिकी हुन पाउनेछिन् भन्नेमा सोचमग्न छिन् । मलाई यो थाहा छ किनभने म पनि त्यस्तै बालिका थिएँ ।

हामीले काबुलको विमानस्थल नियन्त्रणमा लिनुपर्छ र अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गर्दै अफगानिस्तानमा जीवन बचाउन भागिरहेका हरेकलाई बाहिर निकाल्नु पर्छ ।

हामीले नाटोका सहयोगी र छिमेकी राष्ट्रहरूलाई उनीहरूको भूमिका निर्वाह गर्नका लागि भन्नु पर्छ किनभने हामीलाई थाहा छ, जब अमेरिकाले आफ्नो मूल्यसहित नेतृत्व गर्छ तब अन्यमा पनि यसै खाले उत्तेजना जाग्छ । हामीले लाखौँ निर्दोष अफगानीलाई सजाय दिने र अहिले नै खराब अवस्थामा रहेकालाई अझ खराब स्थितिमा पुग्ने गरी अफगान अर्थतन्त्रलाई प्रतिबन्ध लगाएर घातक गल्ती गर्नु हुँदैन ।

अफगानिस्तानमात्र परीक्षा होइन । मध्य अमेरिका, हाइटी, सिरिया, लिबिया र संसारभरका अन्य धेरै देशहरू ठूलो मात्रामा मानव अधिकारको संकटको सामना गरिरहेका छन् । त्यहाँ हाम्रो सहयोग आवश्यक छ । जलवायु संकटले अहिले नै चरम मौसमीय घटनालाई मलजल गरेको छ र जलवायु बसाइँ सराइ पक्कै पनि आउँदो शताब्दीको परिभाषित चुनौती हुनेछ ।

हामी विश्वव्यापी पलायनको संकुचनको नेतृत्व गरिरहेका हुनेछौँ जसले पलायनको संकट सम्बोधन गर्न विश्वव्यापी स्रोत उपलब्ध गराउनेछ र हरेक राष्ट्रलाई शरणार्थी स्वीकार गर्न एउटा प्रष्ट बेन्चमार्क स्थापना गर्नेछ (मैले यसका लागि हालसालै विधेयक दर्ता गरेकी छु) ।

राष्ट्रपतिले अफगानीहरूलाई पुनर्वासका लागि सहयोग गर्न ५० करोड अमेरिकी डलर छुट्ट्याएकोमा मलाई गर्वको महसुस भएको छ तर हामीले धेरै काम गर्नुपर्छ । मेलमिलाप प्याकेजमा यसलाई सम्बोधन गर्ने गरी रकम छुट्ट्याउनु पर्छ । शरणार्थीको उद्धार गर्ने विषयमा थप पहल गर्ने र शरणार्थीको जीवनस्तर उकास्ने प्रतिज्ञा हामीसँग हुनुपर्छ ।

हाम्रो देशले अहिले सामना गरिरहेको अवस्थामा यो छनोट हो । हामी संयुक्त राज्य अमेरिकाको पक्षमा लडेर जीवन जोखिममा पार्ने अफगानीहरूप्रति ऋणी छौँ । हामी शरणार्थी शिविरमा जकडिएकी सानी बालिकाप्रति ऋणी छौँ, जो पाहुनामात्र हुनेछिन् या अमेरिकी हुन पाउनेछिन् भन्नेमा सोचमग्न छिन् । मलाई यो थाहा छ किनभने म पनि त्यस्तै बालिका थिएँ ।

(इहान ओमार मिनसोटाबाट प्रतिनिधित्व गर्ने डेमोक्रेटिकसांसद हुन् । उनको ‘दिस इज ह्वाट अमेरिका लुक्स लाइक’ किताब प्रकाशित छ । सिएनएनएनमा २३ अगस्टमा प्रकाशित यो लेख खबरहबका लागि मनोज घिमिरेले भावानुवाद गरेका हुन् )

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : २३ बजे

कञ्चनपुरको खजुवापट्टीमा सिँचाइ सुविधा

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टीका किसानले वर्षभर सिँचाइको भरपर्दो सुविधा पाएका

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल