कांग्रेसकै नेतृत्वमा देशको विकास हुन्छः प्रधानमन्त्री देउवा « Khabarhub

कांग्रेसकै नेतृत्वमा देशको विकास हुन्छः प्रधानमन्त्री देउवा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलियो कांग्रेसबाटमात्रै देशको विकास सम्भव रहेको भन्दै कांग्रेसलाई बलियो पार्टी बनाउने उद्घोष गरेका छन् ।

पार्टी वडा अधिवेशनका अवसरमा शुक्रबार भिडियो सन्देश जारी गर्दै देउवाले संघीय लोकतन्त्रलाई संस्थागत गर्न कांग्रेसलाई बलियो बनाउन जरुरी रहेको बताए ।

सभापति देउवाले कोरोना महामारीका बीच संवैधानिक बाध्यताका कारण महाधिवेशन गर्नु परेको उल्लेख गर्दै सामाजिक दूरी कायम गर्न अनुरोध गरेका छन् ।

आन्तरिक लोकतन्त्रमा कांग्रेस सदैव अगाडि रहेको उल्लेख गर्दै देउवाले स्वस्थ प्रतिस्पर्धाले जनजनमा नयाँ रक्तसञ्जार गर्ने बताए ।

उनले जनताको विश्वास जितेर अघि बढ्ने बताएका छन् । कांग्रेसलाई सशक्त बनाउने अभियानमा नेता कार्यकर्ता होमिसकेको उल्लेख गर्दै देउवाले गाउँ टोलका मुद्दालाई आफ्नो बनाउनसमेत आग्रह गरे ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ११ : ०० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं