दार्चुला घटनालाई लिएर एकीकृत समाजवादीका विद्यार्थीद्वारा प्रदर्शन « Khabarhub

दार्चुला घटनालाई लिएर एकीकृत समाजवादीका विद्यार्थीद्वारा प्रदर्शन


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाका जयसिंह धामी प्रकरण भारतको विरोध गर्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थीहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । गत साउनमा दार्चुलाको ब्यास गाउँपालिकाका धामी तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले डोरी काटिएको थियो । त्यसपछि महाकालीमा बेपत्ता भएका धामीको अवस्था अझै अज्ञात छ ।

एकीकृत समाजवादीसम्वद्ध विद्यार्थीहरुले प्रदर्शनीमागमा भारतविरुद्ध नारावाजी गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरुले धामीलाई न्याय दिनुपर्ने, पीडित परिवारले क्षतिपूर्ति पाउनुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

यसैबीच दार्चुलामा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर अनाधिकृत रुपमा नेपाली आकाशमा उडेको विषयमा नेपालले आपत्ति जनाएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार भारतको पिथौरागढका डिस्ट्रिक म्यास्टिेड (डीएम)लाई पत्र लेखेर सो विषयमा आपत्ति जनाएको थियो । शुक्रबार भने भारतीय हेलिकोप्ट नेपाली आकाशमा प्रवेश नगरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज ओझाले खबरहबलाई जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ४ : २३ बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं