सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही « Khabarhub

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा समानान्तर समिति गठन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै राष्ट्रिय जनमोर्चाका नेतालाई कारबाही गरिएको छ ।

अवैधानिक भेला राखेर पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरी फुटपरस्त काम गरेकाले केन्द्रीय सदस्य लालबहादुर जाग्री, सल्लाहकार लोकेन्द्र लम्सालसहितका नेतालाई पार्टीको साधारण सदस्यवाट निष्कासन गरिएको सो पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए ।

यसैगरी सो पार्टीका स्थानीय नेता केशवनाथ योगी, गोविन्द विक र लछिराम आचार्यलाई समेत साधारण सदस्यबाट निष्कासन गरिएको छ ।

पार्टीको केन्द्रीय नेतृत्वले लिएको पछिल्लो राजनीतिक गतिविधिप्रति असहमति राख्दै सो पार्टीका केन्द्रीय सदस्य जाग्री लगायतका नेताको सहभागितामा केही दिनअघि भएको भेलाले प्रदेश समिति गठन गरेको थियो ।

“जनमोर्चाको समानान्तर गतिविधिमा संलग्न सबैलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ,” महासचिव भट्टले भने, “२०६२/६३ मा भएको आन्दोलनबाट प्राप्त उपलब्धिलाई जोगाउन पाँच दलीय गठनबन्धन बनेको हो ।”

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : ३० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं