अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई होटल सञ्चालकलाई कारबाही « Khabarhub

अखाद्य वस्तु बिक्री गरेको आरोपमा दुई होटल सञ्चालकलाई कारबाही


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- जिल्ला अनुगमन समितिले अखाद्य वस्तु ग्राहकलाई खुवाएको उजुरी आएपछि दुई वटा होटल सञ्चालकलाई नगद जरिवाना गरेको छ ।

खुवाइएको खानेकुरामा किरा परेको भेटिएपछि ग्राहकको उजुरीका आधारमा बेनीघाट रोराङ गाउँपालिका–३ मलेखुस्थित होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसलाई रु २० हजार तथा शीतलबजारस्थित भैरवीनाथ भोजनालयलाई रु १० हजार जरिवाना गरिएको अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए ।

होटल हङ्ग्री बर्ड एण्ड गेष्ट हाउसले अखाद्य माछा खुवाएको उजुरी परेपछि गरिएको अनुगमनमा विभिन्न छ किसिमका म्याद गुज्रिएका सामग्री फेला परेको, कामदारले कोभिड–१९ को स्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना नगरेको, होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरिएको उनको भनाइ छ ।

यसैगरी भैरवीनाथ भोजनालयबाट लेबल नभएका र म्याद गुज्रिएका चाउमिन १३ पाकेट फेला परेको, मांसाहारी र शाकाहारीका लागि एउटै फ्रिजको प्रयोग गरेको, पकाएको आलु र चाउचाउ ताजा नभएको, सरसफाइमा ध्यान नदिएको र होटल सञ्चालनमा लापरवाही गरेकाले जरिवाना गरेको बताइएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : १५ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका