कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत « Khabarhub

कांग्रेस वडा अधिवेशन : ३५ जिल्लामा सम्पन्न, दोलखाका ७४ मध्ये ७३ वडामा सर्वसम्मत


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबार देशभरका ३५ जिल्लामा वडा अधिवेशन भएको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले शुक्रबार ३८ जिल्लामा वडा अधिवेशन हुनुपर्ने भए पनि ३५ जिल्लामा अधिवेशन भएको जानकारी दिए ।

उनले भने, ‘हामीले पहिलो चरणमा खटाएका ३८ जिल्लामा आज अधिवेशन हुनुपर्ने हो । ३५ जिल्लामा अधिवेशन भएको जानकारी आएको छ । बाँकी तीन जिल्लाबारे जानकारी प्राप्त हुन सकेको छैन ।’ उनका अनुसार धेरैजसो वडाहरुमा सर्वसम्मत भएकोसमेत बताए । तर, शुक्रबार अधिवेशन भएका जिल्लाहरुको नतिजा भने प्राप्त भइनसकेको उनले बताए । शनिबारसम्म नतिजा प्राप्त हुने उनको भनाइ छ ।

शुक्रबार एकमात्र जिल्लाको नतिजा केन्द्रीय निर्वाचन समितिसम्म आइपुगेको छ । संयोजक यादवका अनुसार दोलखा जिल्लाको सम्पूर्ण नतिजा आएको छ । दोलखामा रहेका ७४ वडा मध्ये ७३ वडामा सर्वसम्मत अधिवेशन भएको उनले जानकारी दिए । एक वडामा भने चुनाव भएको छ ।

उता मनाङमा वडादेखि जिल्ला अधिवेशनसम्म सर्वसम्मत भएको बताइएको छ । तर, संयोजक यादवले सर्वसम्मत भए पनि प्रक्रिया पूरा नभएकोले अहिले नै केही भन्न नसकिने बताए ।

देशमा रहेका करिब ६ हजार वडा मध्ये आधामा शुक्रबार अधिवेशन हुँदा २१ जिल्लाको भने क्रियाशील सदस्यतासमेत टुंगिएको छैन ।

निर्वाचन समितिले हालसम्म ५६ जिल्लामा मात्र निर्वाचन सामग्रीसहित निर्वाचन अधिकृत खटाएको छ । संयोजक यादवले बाँकी २१ जिल्लाबारे निर्णय भइनसकेको बताए । यी जिल्लामाहरुमा वडा अधिवेशनमा मतदान गर्ने क्रियाशील सदस्यबारे टुंगो नलागेको हो ।

वडा अधिवेशनले वडा कार्य समिति र स्थानीय तह अधिवेशन, प्रदेश निर्वाचन क्षेत्र अधिवेशन, संघीय निर्वाचन क्षेत्र अधिवेशन, महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनमा मतदान गर्ने क्षेत्रीय प्रतिनिधिको चयन गर्छ ।

वडाबाट आउने प्रतिनिधिहरुले महाधिवेशन प्रतिनिधिको पनि चुनाव गर्ने भएकाले यो महाधिवेशनको यो प्रारम्भिक चुनाव हो । वडा अधिवेशनले नै भावी नेतृत्वकोसमेत छनोटमा महत्वपूर्ण भूमिका खेल्छ

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ४६ बजे

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण

जालपादेवी केबलकार : कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम– माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको

मनसुन प्रभाव, तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौं– हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार० का लागि विदेशी