बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ « Khabarhub

बारामा मोटरसाइकल चोरी गरेको आरोपमा एक जना पक्राउ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– मोटरसाइकल चोरीको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बारा प्रहरीले बारा पर्सौनी–१ का २२ वर्षीय सुरज रामलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो ।

भदौ १६ गते राति बारा पर्सौनी गा.पा.४ खुटवा टोलका महबुब मियाँ अन्सारीको घरको आगनमा राखिएको ना ३६ प ३०२५ नम्बरको सीबी साइन मोटरसाइकल चोरी भएको थियो ।

सोही सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा मातहत इकाइहरूले जिल्ला बाहिर जाने सबै नाका सिल गरी चेकजाँच गर्दा चोरी भएको मोटरसाइकल सहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले बताए ।

मोटरसाइकल सहित पक्राउ रामलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ६ : ५७ बजे

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा काम अधुरै

म्याग्दी– तेस्रो पटक थपिएको समयावधि पूरा हुन करिब छ महिना

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं–  काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत– बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी– यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका