संवैधानिक इजलासबारे अन्तरिम आदेश खारेज गर्न माग गर्दै सर्वोच्चमा निवेदन | Khabarhub Khabarhub

संवैधानिक इजलासबारे अन्तरिम आदेश खारेज गर्न माग गर्दै सर्वोच्चमा निवेदन


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक इजलास प्रधानन्यायाधीश बाहेक हुन नसक्ने भन्दै सर्वोच्च अदालतले बिहीबार दिएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार निवेदन पेश गरेका हुन् । निवेदन दर्ता भने भइसकेको छैन ।

निवेदन दिएका वरिष्ठ अधिवक्ता त्रिपाठीले आइतबार निवेदन दर्ता हुने बताए । उनले बिहीबारको अन्तरिम आदेशले न्यायलयलाई न्याय दिनबाट रोकेकाले आफूले निवेदन दिएको बताए । उनले भने, ‘अन्तरिम आदेशले न्याय सम्बन्धी हकमा अवरोध पुगेकोले सो अन्तरिम आदेश ख़ारेज गरी पाउँ भन्दै आज निवेदन पेश गरेको छू ।’

बिहीबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले प्रधानन्यायाधीशबिना संवैधानिक इजलास गठन हुन नसक्ने भन्दै शुक्रबारका लागि पेशी तोकिएको संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको थियो । बिहीबारको सो अन्तरिम आदेशका कारण शुक्रबार संवैधानिक परिषद्ले गरेका निर्णय विरुद्धको रिटमाथि सुनुवाइ हुन सकेन ।

यसअघि संवैधानिक परिषद विरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र ओमप्रकाश अर्यालले दायर गरेको रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीशहरुलाई समेटेर आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए । तर, रिट निवेदकले आफैले गरेको निर्णय विरुद्धको रिटमा आफैले सुनुवाइ गर्न नमिल्ने भन्दै प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू विदामा बसेर ती रिटमाथिको सुनुवाइबाट अलग हुने आदेश गरेका थिए ।

बिहीबार सर्वोच्चले अन्तरिम आदेश दिँदै प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन हुन नसक्ने बताएपछि अब संवैधानिक परिषद्ले गरेका निर्णय विरुद्धको रिटमाथि कसरी सुनुवाइ हुन्छ भन्ने अन्योल भएको छ । यही विषयलाई लिएर बार एसोसिएसनले आफ्नो धारणा बनाउन सल्लाहाकार परिषद्को बैठक बोलाएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : ०३ बजे

गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते

काठमाडौं – मंगलबार बिहान गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना

कालीगण्डकी नदीबाट अवैध उत्खनन गरिएको बालुवा जफत

बागलुङ– नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा

प्रकाश सुपुतको चलाख जवाफ !

काठमाडौं – गायकीबाट चर्चामा आएका नायक प्रकाश सुपतको अभिनय रहेको

बैतडीमा अविरल वर्षा, उच्च सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम

प्रधानमन्त्री ओलीले आज बेइजिङमा उपराष्ट्रपति चाङ्गसँग भेटवार्ता गर्दै

थियानजिन– चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज राजधानी