हतियार चोरी आरोपमा जेल परेका सेनाका दुई जवान निर्दोष ठहरपछि रिहा | Khabarhub Khabarhub

हतियार चोरी आरोपमा जेल परेका सेनाका दुई जवान निर्दोष ठहरपछि रिहा


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेनाको हतियार चोरी प्रकरणमा जेलमा रहेका दुईजना निर्दोष ठहर भएपछि शुक्रबार रिहा भएका छन् । सेनाका अमल्दार लवकुमार गुरूङ र सरोज तामाङमाथि सेनाको एसएमजी हतियार चोरीमा कोर्ट मार्शल गरिएको थियो ।

उनीहरु निर्दोष रहेको सेनाको विशेष अदालतले फैसला गरेको थियो ।

गत साउन ७ गते चितवनमा सेनाकै जवान गंगाधर ढकालले सहकर्मी भरत गुरुङको हत्या गर्न सोही हतियार प्रयोग गरेको भेटिएपछि हतियार चोरी प्रकणमा नयाँ ट्वीस्ट आएको थियो । ढकाल हत्या आरोपमा दोषी ठहर भएका छन् । उनले आजीवन कैदको सजाय सैनिक अदालतले सुनाएको छ ।

लव र सरोज शुक्रबार जिल्ला कारागार चिवतनबाट रिहा भएका छन् । उनीहरुको जागिर पनि पुनःबहाली भएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ७ : १९ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल