आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन « Khabarhub

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञमा सहयोग रकम सङ्कलन सुरु भएको छ । शुक्रबार महायज्ञको उद्घाटन गरिएको थियो ।

कथावाचानको पहिलो दिन शनिबारदेखि उल्लासपूर्ण सहभागितामा सहयोग सङ्कलन सुरु भएको आश्रमले जनाएको छ । शनिबारमात्र आश्रम निर्माणका लागि ५५ लाखभन्दा बढी रकम सङ्कलन भएको छ ।

कथावाचनको पहिलो दिन नै तीनवटा कोठा निर्माण सहयोग जुटेको छ भने अन्य दाताले पाँच हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म सहयोग गरिरहेका छन् ।

शनिबार बागलुङ नगरपालिका–४ का रामनारायण पौडेल र पार्वती पौडेलले मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि एक कोठा बराबरको रकम सहयोग गरेका छन् । बागलुङ शाखाको भवन निर्माण गरी सहयोपेक्षी सडकआश्रित मानवको व्यवस्थापनका लागि आयोजना गरिएको महायज्ञमा पौडेल परिवारले भवनको एक कोठा निर्माणमा लाग्ने रकम उपलब्ध गराएका हुन् । उनीहरूले पाँच लाख ११ हजार योगदान गरेको आश्रमले जनाएको छ ।

यस्तै बागलुङ नगरपालिका–४ नम्बर वडा कार्यालयले आश्रमको एक कोठा निर्माण गर्ने जिम्मेवारी लिएको छ । वडा कार्यालयले भवनको एक कोठा निर्माणका लागि पाँच लाख ११ हजार १११ सहयोग प्रदान गरेको छ । महायज्ञस्थलमा आयोजित कार्यक्रममा सहभागी हुँदै वडाध्यक्ष कुमारविक्रम क्षेत्रीले उक्त सहयोग गरेका थिए ।

वडा कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिँदै आएकामा मानवसेवा आश्रमको भवन निर्माणमा समेत हातेमालो गरेको हो ।

वडा कार्यालयले गरेको यस अर्थपूर्ण सहयोगले भवन निर्माण अभियानलाई थप गति प्रदान गरेको आश्रमले जनाएको छ ।

आश्रमले सडकआश्रित, असहाय र अपाङ्गता भएका व्यक्तिको पुनःस्थापनामा निरन्तर काम गर्दै आएको छ । आफ्नै भवन निर्माणपछि सेवा विस्तारमा सहजता हुने विश्वास व्यक्त गरेको छ ।

यस्तै काठेखोला गाउँपालिका–५ फूलपातीडाँडा विहुँकोट बागलुङका भीमकुमारी निउरे र लीलाराम निउरेद्वारा मानवसेवा आश्रम शाखाको भवन निर्माणका लागि पाँच लाख ११ हजार सहयोग गरेका छन् ।

महायज्ञ यही कात्तिक २८ गतेसम्म चल्ने छ । महायज्ञमा कमलनयन गौतमले कथा वाचन गरेका छन् । (रासस)

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ६ : ४८ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको