जुत्तामा लुकाएर लगिएको ४ किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई जना पक्राउ « Khabarhub

जुत्तामा लुकाएर लगिएको ४ किलो सुनसहित नेपालगञ्ज विमानस्थलबाट दुई जना पक्राउ


१८ भाद्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट चार किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

झापा खादुनावारी-६ बस्ने अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ-२ बस्ने वर्ष २८ का बुद्धिमान खातीलाई आज दिउँसो सो परिमाणको सुन सहित प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन कक्ष बाहिर शंकास्पद रुपमा रहेका उनीहरुलाई प्रहरीको टोलीले सोधपुछ तथा खानतलासी गर्दा उक्त सुन बनामद भएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार अमिल लगुन विश्वकर्माले लगाएको दाँया/बाँया जुत्तामा रहेको २/२ बिस्कुट सुन र बुद्धिमान खातीले लगाएको दाँया/बाँया जुत्ताको तलुवामा रहेको १/१ पीस बिस्कुट सुन गरी जम्मा ६ थान बिस्कुट (काँचो सुन ३ किलो ९९४ ग्राम) बरामद भएको उनले बताए ।

यसैगरी खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी १ थान, बाला १ थान र गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम ) गरि जम्मा ४ किलो २१.४९ ग्राम सुन बरामद भएको उले बताए ।

श्री एयरलाईन्सको काठमाडौँ–नेपालगञ्जको नियमित उडानमार्फत उनीहरु आएको बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक न्यौपानेले जानकारी दिए ।

तस्वीर : बाँके प्रहरी

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  १० : २४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र