आईपीएल : राजस्थानले चेन्नइलाई हरायो « Khabarhub

आईपीएल : राजस्थानले चेन्नइलाई हरायो


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले चेन्नइ सुपर किंग्सलाई हराएको छ ।

आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नइलाई ७ विकेटले हराएको हो । चेन्नइले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्‍यो ।

राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन बनाए । चेन्नइका सार्दुल ठाकुरले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । चेन्नइका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय इनिङ्स खेले पनि टोलीको जित सम्भव भएन । रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन बनाए ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए । जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ । हारका बाबजुत चेन्नइ १८ अंक जोडेर शीर्ष स्थानमा कायमै छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : १३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर