कांग्रेस पालिका अधिवेशन : काठमाडौँका पाँच नगरको परिणाम सार्वजनिक « Khabarhub

कांग्रेस पालिका अधिवेशन : काठमाडौँका पाँच नगरको परिणाम सार्वजनिक


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस को आसन्न १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ ।

पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउँदा उनले १०९ मत प्राप्त गरी विजयी भए । उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल, सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। अधिकांश सदस्य लामा समूहबाटै निर्वाचित भएका छन् ।

शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्। सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भए । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भए।

कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज (आइतबार) बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । उनले १३५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरेका थिए।

यस्तै उपसभापतिद्वयमा नवराज अर्याल ९१२५० र जमुना तिमिल्सिना ९१२३०, सचिवद्वयमा राजु फुँयाल ९१२६० र शङ्कर तिमिल्सिना ९११७०,सहसचिवद्वयमा सरस्वती पौडेल ९११७० र अप्सरा खड्का ९११४०मत प्राप्त गरी विजय भएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी १५५ मत प्राप्त निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेर पराजित भए। उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ ९१८१० र शम्भु कार्की ९१७००, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ ९२०६०, विजेन्द्र पुडासैनी ९१७१०,सहसचिवद्वयमा कुमार खड्का ९१४५० र निर्मला आचार्य ९पौडेल० १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ ।

कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको छ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १० : १५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना