दुर्घटनामा तीन जनाको मृत्यु « Khabarhub

दुर्घटनामा तीन जनाको मृत्यु


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरी र मोरङमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–१० स्थित भित्री सडकमा  को १९ प ५०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते मोटरसाइकल चालक दुहवी–११ का ४५ वर्षीय ईश्वरचन माझी चौधरीको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा शनिबार साँझ  सवा ७ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

यस्तै सुनसरीकै दुहवी–८ सोनापुरमा यात्रुबहाक बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । ना ५ ख ४५१३ नम्बरको बसले साँझ ६:१५ बजेतिर ठक्कर दिँदा पैदल यात्री मोरङको बेलबारी नगरपालिका बस्ने ७२ वर्षीय वृद्ध पवनलाल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङको विराटनगर महानगरपालिका–१४ मा खेल्दै गरेका एक  नाबालकको सिटी सफारीको ठक्करबाट मृत्यु भएको छ ।

को १ ह ४३५० नम्बरको सफारीमा ठोक्किएर साँझ ७ बजेतिर अमर महतोका अढाई वर्षीय छोरा अनिल महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १२ : ४६ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी