कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित « Khabarhub

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन ।

क्रियाशील सदस्यताको विवाद समाधानमा ढिलाइ हुँदा कैलालीको वडा अधिवेशन गर्न पनि ढिलाइ भएको जनाइएको छ ।

प्रदेशका सबै नौ जिल्लामध्ये आठ जिल्लाका ७५ पालिकामा वडा अधिवेशन सकिएको छ । कांग्रेस कैलालीको वडा तहको अधिवेशन अब दसैँपछि मात्र हुने सम्भावना रहेको जिल्ला उपसभापति प्रकाश बमले बताए ।

‘केन्द्रबाट निर्वाचन अधिकृत नआउँदा वडा तहको अधिवेशनका लागि निर्वाचन कार्यतालिकासमेत प्रकाशित हुन सकेको छैन’, जिल्ला सभापतिका आकाङ्क्षीसमेत रहेका उनले भने, ‘अधिवेशनका लागि पूर्वतयारीका काम गर्न पनि बाँकी नै रहेकाले दसैँअघि अधिवेशन हुने सम्भावना छैन ।’

क्रियाशील सदस्यताको विवादका कारण पूर्वनिर्धारित कार्यतालिका गत भदौ १८ गते जिल्लामा वडा तहको अधिवेशन हुन सकेको थिएन । केही दिनअघि क्रियाशील सदस्यको विवाद टुङ्गिएर अन्तिम विवरण जिल्लामा प्राप्त भइसकेको जनाइएको छ । अब जिल्लामा क्रियाशील सदस्यताको विवाद टुङ्गिएको बमले बताए ।

प्रदेशका वडा अधिवेशन सकिएका कतिपय जिल्लामा कांग्रेसको नगर गाउँ तहको अधिवेशनको तयारी भइरहेको छ । प्रदेशका जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलालीमा हुने कांग्रेसको वडा तहदेखि नगर गाउँ, निर्वाचन क्षेत्र र जिल्ला तहको अधिवेशनमा नेतृत्वमा पुग्नका लागि नेता कार्यकर्ताबीच रस्साकस्सी चल्न थालेको छ ।

यो जिल्लामा हुने अधिवेशनले प्रदेश अधिवेशनका साथै केन्द्रीय अधिवेशनलाई समेत प्रभाव पार्ने हुँदा जिल्लाको अधिवेशनप्रति कांग्रेस नेता तथा कार्यकर्ताले बढी चासोका साथ हेर्न थालेका पनि छन् ।

प्रदेशका अन्य जिल्लाको तुलनामा कैलालीबाट केन्द्रीय अधिवेशनमा सहभागी हुन पाउने प्रतिनिधिको सङ्ख्या बढी हुने हुँदा सबैको ध्यान कैलालीमा पर्नु स्वाभाविक रहेको जिल्ला सभापतिका अर्का आकाङ्क्षी नारायणदत्त भट्ट बताउँछन् ।

एक सय २६ वडा रहेको यस जिल्लामा १८ हजारभन्दा बढी क्रियाशील सदस्य रहेको बताइएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा क्रियाशील सदस्यताको विवाद बढी देखिएको थियो ।

कैलाली कांग्रेसको सभापतिका लागि वर्तमान उपसभापति बम, पूर्वउपसभापति भट्टका साथै गणेश देउवा, खेमराज चौधरी, भीम बडुवाल लगायत नेता आकाङ्क्षी देखिएको चर्चा छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १ : ४५ बजे

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी