प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट « Khabarhub

प्रदेशस्तरीय भलिबलका लागि खेलाडी छनोट


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी–सुदूरपश्चिम खेलकूद परिषद्को आयोजनामा कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने प्रदेशस्तरीय भलिबल प्रतियोगिताका लागि डोटीबाट पनि पुरुष भलिबल खेलाडी छनोट गरिएको छ ।

जिल्लाभरिका नौवटै स्थानीय तहबाट आएका खेलाडीलाई भलिबल प्रतियोगिता गराइ खेलाडी छनोट गरिएको जिल्ला खेलकूद समितिका अध्यक्ष नरेश मलासीले जानकारी दिए । उनका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट आएका खेलाडीको प्रतिस्पर्धा गराइ उत्कृष्ट भएका नौ जनाखेलाडीलाई छनोट गरी उनीहरुकै टिम बनाइएको र त्यस टीममा अन्य तीन जना वैकल्पिक खेलाडी पनि राखिएको छ ।

जिल्ला खेलकूद विकास समितिका अनुसार छनोट भएका खेलाडीमा जनक खड्का, डम्बर भट्टराई, प्रशान्त साहु, निलम सिंह, खगेन्द्र खड्का, भूपेन्द्र खड्का, प्रदीप खड्का, रतन थापा र रमेश बम रहेका छन् । यस्तै वैकल्पिक खेलाडीमा राजेन्द्र कठायत, रमेश साउद तथा पुरन रावत छनोट भएका छन् । उक्त पुरुष भलिबल प्रतियोगिता कैलालीको धनगढीमा यही असोज २० गतेदेखि २३ सम्म सञ्चालन हुने भएको छ । छनोट भएका खेलाडीलाई प्रशिक्षण दिइन लागिएको छ ।

भलिबल प्रतियोगितामा सुदूरपश्चिमका नौवटै जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने १२ जना खेलाडी छनोट गरी राष्ट्रिय प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशको टोली बनाइने भएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  १ : ५३ बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार