२५ लाख रुपैयाँ बराबरको पटकासहित एक जना पक्राउ (फोटोफिचर) « Khabarhub

२५ लाख रुपैयाँ बराबरको पटकासहित एक जना पक्राउ (फोटोफिचर)


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अवैध रुपमा पटाका तथा विस्फोटक पदार्थको भण्डारण गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले विभिन्न समयमा उपत्यका बाहिरबाट गैरकानूनी रुपमा लुकाई छिपाई गरेर ल्याइएको २५ लाख मूल्य बराबरको पटका, भुइँचम्पा लगायत विस्फोटक  पदार्थसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेका छन् । गोप्य सूचनाका आधारमा प्रहरीले गोठाटारस्थित यादवको गोदाममा छापा मार्दा ठूलो परिमाणको विभिन्न प्रकारका पटाकाहरू बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिए ।

उनले गोदामबाट गमला पटका २५ केजी, फ्लावरकोन पटाका ४२० केजी, चक्र पटाका १२० केजी , हाइड्रोबम पटका ३ कार्टुनलगायत बरामद गरिएको बताए । पक्राउ परेका व्यक्तिले काठमाडौँमा इट्टा ल्याउन ट्रकमा लुकाई छुपाई पटाका ल्याउने गरेको खुलेको पनि प्रहरीले जनाकारी दिएको छ ।

पक्राउ परेको व्यक्तिलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरअन्तर्गतको मुद्दामा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ०६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने