ईपीएल क्रिकेट : चौथो जितसँगै चितवन क्वालिफायरमा « Khabarhub

ईपीएल क्रिकेट : चौथो जितसँगै चितवन क्वालिफायरमा


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो ।

चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले समेत प्ले अफमा स्थान बनाएका छन् ।

ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा मोहमद साहजादले ३५ रन बनाए । भिम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए । विरन्दिप सिंह १३ रनमा आउट भए ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २-२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे । सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए ।

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २-२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ५४ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष