ईपीएल क्रिकेट : चौथो जितसँगै चितवन क्वालिफायरमा « Khabarhub

ईपीएल क्रिकेट : चौथो जितसँगै चितवन क्वालिफायरमा


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले लगातार चौथो जितसँगै क्वालिफायरमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आइतबार भएको खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ५ विकेटले पराजित गर्दै चितवनले लगातार चौंथो जित निकालेको हो ।

चितवनले ४ खेलमा ८ अंक जोडेको छ । चितवन र ललितपुरबीचको खेलको नतिजाले पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले समेत प्ले अफमा स्थान बनाएका छन् ।

ललितपुरले दिएको १ सय ९ रनको लक्ष्य चितवन १७ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा मोहमद साहजादले ३५ रन बनाए । भिम सार्कीले २७ तथा दिलिप नाथले अविजित १६ रन बनाए । विरन्दिप सिंह १३ रनमा आउट भए ।

ललितपुरका अज्मातुल्लाह ओमार्जाई र रिजन ढकालले २-२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो ।

ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे । सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए ।

ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २-२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट लिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ५ : ५४ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल