मास्क वितरण गर्दै महानिरीक्षक क्षेत्रीले भने : दशैँ सुरक्षित मनाउनुहोला (फोटोफिचर) | Khabarhub Khabarhub

मास्क वितरण गर्दै महानिरीक्षक क्षेत्रीले भने : दशैँ सुरक्षित मनाउनुहोला (फोटोफिचर)


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गरेका छन् ।

प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत उक्त चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताए ।

नेपालीहरूको महान पर्व वडादशैँ र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उनले भने, “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।”

साथै सोही कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले काठामाडौं सुन्धारा, प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौं कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले ललितपुर सातदोबाटो चोकमा मास्क वितरण गरे ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको साथै उपस्थित अन्य प्रहरी वरिष्ठ अधिकृतहरु समेतले मास्क वितरण गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र उपत्यकास्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरुको समन्वयमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।

कोभिड(१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई रु’ कार्यक्रम संचालन गर्दै आएकोमा आजको कार्यक्रम अन्तर्गत कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ९ : ०१ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका