जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित) « Khabarhub

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)


११ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक दस्तावेजमा पार्टीले स्वतन्त्रता, समानता, सामाजिक न्याय, समृद्धि र समाजवादलाई मूल आदर्शका रूपमा अघि सारेको छ ।

प्रतिबद्धता पत्रमा संघीयता सुदृढीकरण, प्रदेशलाई स्वायत्त र अधिकारसम्पन्न बनाउने, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, दलित, महिला, मधेशी, आदिवासी जनजाति, थारू, मुस्लिमलगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ ।

संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, भ्रष्टाचारविरुद्ध कडा कारबाही र सुशासनको प्रत्याभूति पनि मुख्य एजेन्डामा छन् ।

शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व बनाउने, युवालाई स्वदेशमै रोजगारी र स्टार्टअप पूँजी उपलब्ध गराउने, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, महङ्गी नियन्त्रण, वातावरण संरक्षण तथा सामाजिक सुरक्षा विस्तार गर्ने प्रतिबद्धता पनि पत्रमा समेटिएको छ ।

जनता समाजवादी पार्टी, नेपाल प्रचार–प्रसार समितिद्वारा सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमार्फत पार्टीले आफूलाई सामाजिक न्याय र समावेशिताको बलियो पक्षधरका रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ९ : २६ बजे

गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं- आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको न्यायको माग

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही