मुख्यमन्त्री राउतले पाकिस्तानको इसारामा मदरासा विधेयक ल्याएको आरोप « Khabarhub

मुख्यमन्त्री राउतले पाकिस्तानको इसारामा मदरासा विधेयक ल्याएको आरोप


१७ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन् ।

राष्ट्रिय एकता अभियान विष्णुपुर गाउँपालिका समितिले विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सबैको शिक्षाका लागि सामूदायिक विद्यालयल हुँदाहुँदै प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय भएको बताएका हुन् ।

उनले भने जसपाका अध्यक्ष उपेन्द्र यादव चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पाकिस्तानको इसारामा चलेको आरोप लगाए । प्रदेश २ को शिक्षामा कुनै भेदभाव नरहेको बताउँदै मदरशा शिक्षाको कुनै आवश्यकता नै नरहेको तर्क गरे ।

मदरशा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवले जनतामाझ जवाफ दिनुपर्ने बताए । धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुपर्नेमा जोड दिँदै उनले संघीय हिन्दू गणतन्त्रसहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल गरे ।

अभियानको जिल्ला सल्लाहकार योगान्द साहको अध्यक्षमा भएको कार्यक्रममा नेपाल प्रेस युनियन सप्तरीका उपाध्यक्ष विनय कुमार लाल कर्ण, राष्ट्रिय एकता अभियानका उपाध्यक्ष सुनिता साह लगायतले हिन्दु राष्ट्र स्थापनाका लागि सबै सरोकारबालाहरु एक हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ६ : १३ बजे

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ

जसपा नेपालको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं – जनता समाजवादी पार्टी, नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै