युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित « Khabarhub

युभेन्ट्स अन्तिम १६ मा, चेल्सीको कठिन जित


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  इटालीयन सिरी ए क्लब युभेन्ट्स युईएफए च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा रसियन क्लब जेनिट पिटरस्बर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

युभेन्ट्सको जितमा कप्तान पाउलो डिबलाले दुई गोल गरे । यस्तै फेडेरिको चिएसा र अल्भारो मोरटाले एक-एक गोल गरे ।

पराजित पिटरस्बर्गको लागि सरदार अज्माउनले एक गोल गर्दा युभेन्ट्स डिफेण्डर लिओनार्दाे बोनुचीले आत्माघाति गोल गरे ।

घरेलु मैदान टुरिनमा युभेन्ट्सका डिबलाले सुरुवाती अग्रता दिलाए । ११ मिनेटमा डिबलाले गोल गर्दा बोनुचीले २६ मिनेटमा आफ्नै पोष्टमा गोल गरेका थिए ।

५८ मिनेटमा डिबलाले पेनाल्टीमा गोल गर्दा युभेन्ट्सले २–१ को अग्रता बनायो । यसपछि खेलको ७३ मिनेटमा फेडेरिको र ८२ मिनेटमा मोरटाले गोल गर्दै युभेन्ट्सलाई ४–१ को अग्रता दिलाए । ९० मिनेटपछि थपिएको समयमा गोल गर्दै पिटरस्बर्गलाई सरदारले ४–२ को अवस्थामा पुर्याएपनि हार टार्न भने सकेनन् ।

जितसँगै युभेन्ट्सले समूह एचमा ३ अंकको अग्रता बनाउँदै अन्तिम १६ मा स्थान बनाएको छ । ४ खेलमा अपराजित रहँदै १२ अंक बनाउको युभेन्ट्स शीर्ष स्थानमा छ । पिटरस्बर्गको भने ४ खेलबाट १ जित सहित ३ अंक रहेको छ ।

समूह ‘एच‘ को खेलमा इंग्लिस क्लब चेल्सी कठिन जित सहित अन्तिम १६ नजिक रहेको छ । स्विडेनमा भएको खेलमा चेल्सीले घरेलु टोली माल्मो एफएफलाई १–० गोल अन्तरले पराजित गरेकाे हाे ।

चेल्सीको जितमा एक मात्रै निर्णायक गोल हाकीम जियेचले गरे । उनले खेलको ५६ मिनेटमा गोल गरेका थिए ।

बाकी समय दुबै टोलीले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । जितसँगै साविक विजेता चेल्सी अन्तिम १६ नजिक रहेको छ ।

समूह ‘एच’ मा ४ खेलमा ३ जित र एक हारसहित चेल्सी ९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । यता, पराजित माल्मो भने ४ खेलमा विना कुनै अंक पुछारमा रहेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : ४८ बजे

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल

एमालेका २३ जनसंगठनले दिउँसो ३ बजे देशभरका सदरमुकाममा प्रदर्शन गर्दै

काठमाडौँ– नेकपा एमालेका २३ वटा जनसंगठनले अध्यक्ष केपी शर्मा ओली

जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता हट्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण

रूस–इरानबीच सैन्य प्रविधि सहकार्य तीव्र

एजेन्सी– रूसले युक्रेन युद्धमा प्रयोग गरिएका उन्नत प्रविधियुक्त ड्रोनहरू इरानतर्फ

रानीबासको ऐतिहासिक ‘चमेरे गुफा’ संरक्षणमा स्थानीय सरकार

भोजपुर– हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको