रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना « Khabarhub

रोजगार भिसा साउदी पुगेर ब्यक्तिगत फाइदाको काम गरे १ लाख रियाल जरिवाना



दोहा- नेपाली श्रमिकको श्रम गन्तब्य रहेको साउदी अरबले रोजगार भिसा यहाँ पुगेर ब्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियालसम्म जरिवाना गर्ने भएको छ ।

साउदी अरबको पासपोर्ट निर्देशनालय (जवाजात) ले रोजगार भिषामा आएर ब्यक्तिगत फाइदाका लागि स्वतन्त्र बिजनेश ब्यवशाय नगर्न, गर्न नदिन पुनः चेतावनी दिंदै यस अघि घोषित जरिमानालाइ बढाएको छ ।

यसअघि ५० हजार रियाल जरिमाना थियो, अहिले १ लाख रियाल भएको छ र त्यस्तो रोजगारदाता कम्पनीलाई ५ बर्ष सम्म कुनै नयाँ कामदार ल्याउन नपाउने गरी प्रतिबन्ध लगाइने साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले जनाएको छ ।

जवाजतका अनुसार दोषी ठहरिएका व्यक्तिहरूलाई अधिकतम पाँच वर्षको लागि भर्ती प्रतिबन्ध गर्ने र दोषी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकाला गरिने जनाएको छ ।

स्वतन्त्र बिजनेश ब्यवशाय गर्ने व्यक्तिहरुलाई साउदीको श्रम कानून उल्लङ्घन गर्नेहरूको संख्यासँग गणना गरिने जनाएको छ ।जावाजतले त्यस्ता व्यक्तिहरु देखेमा त्यहाँको मक्का र रियादको टोल फ्री नम्बर ९११ र राज्यका अन्य भागहरूमा ९९९ मा फोन गरेर रिपोर्ट गर्न समेत जनतालाई आह्वान गरेको छ।

३ लाख ५० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपालीले मात्र बिजनेस गरिरहेका छन् भने अधिकांश नेपाली निर्माण मजदुरका रुपमा रहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३३ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ