युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित | Khabarhub Khabarhub

युईएफए च्याम्पियन्समा बायर्न र बार्सिलोनाको जित


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोना युईएफए च्याम्पियन्स लिगमा विजयी भएका छन् । मंगलबार रातिको समूह ‘ई’ को खेलमा बायर्नले फरवार्ड रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई ५–२ गोल अन्तरले पराजित गरेकाे हाे ।

बार्सिलोनाले युक्रेनी क्लब ड्यनामो केईभलाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगमा दोस्रो जित हासिल गरेकाे छ । घरेलु मैदानमा बायर्नको जितमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्री र लिरोए सानेले १-१ गोल गरे ।

बेन्फिकाका लागि फिलिप मोराटो र डार्विन नुनेजले १-१ गोल गरे ।

घरेलु मैदानमा खेलको २६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाए । ३२ मिनेटमा जिनाब्रीले २–० को अग्रता बनाए । ३८ मिनेटमा फिलिपले गोल गर्दै बेन्फिकालाई २–१ को अवस्थामा ल्याए ।

यसपछि सानेले ४९ मिनेटमा ३–१ को अग्रता बनाए । लेवान्डोस्कीले खेलको ६१ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टोलीको लागि चौथो गोल गरे ।

डार्विनले गोल गर्दा बेन्फिकाले अग्रता ४–२ मा झारेकाे छ । खेलको ८४ मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दै टोलीलाई ५–२ को सानदार जित दिलाए ।

राति नै भएको समूह ‘ई’ को चौथो राउण्डमा अन्शु फातीको निर्णायक गोलमा ड्यानामोलाई बार्सिलोनाले पराजित गरेकाे छ ।

युवा फरवार्ड अन्शुले खेलको ७० मिनेटमा गोल गरेका थिए । बाँकी समय गोल हुन नसक्दा च्याम्पियन्स लिगमा दोस्रो जित निकाल्यो ।

समूहको खेलसँगै ४ खेलका शतप्रतिशत जितसहित १२ अंक बनाएको बायर्न शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ । बायर्न २ खेलअघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको छ ।

बार्सिलोना ४ खेलबाट २ जित र २ हारका साथ ६ अंक बनाएर दोस्रो स्थानमा छ । बार्सिलोनाको भने अन्तिम १६ यात्राको सम्भावना कायम छ । ४ अंक बनाएको बेन्फिका तेस्रो स्थानमा रहँदा ड्यनामो केईभ १ अंकका साथ तालिकाको पुछारमा छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ३९ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते