पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा « Khabarhub

पूजाभन्दा महंगो सजावट, प्रतिस्पर्धामा लक्ष्मी पूजा


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीका विभिन्न स्थानमा लाखौं खर्च गरेर प्रतिस्पर्धामा लक्ष्मी पूजा गरिँदै छ । सार्वजनिक स्थानहरूमा वर्षौंदेखि लक्ष्मी पूजाभन्दा सजाबट महँगो हुँदै आएको स्थानीयको गुनासो छ ।

कसरी राम्रो सजावट, आकर्षक र नमुना बनाउन सकिन्छ ? बढीभन्दा बढी भक्तजनको घुइँचो लाग्छ भन्ने उद्देश्यले महँगो सजाबट गर्ने प्रवृत्ति सप्तरीमा हरेक वर्ष बढ्दै गएको राजविराज–७ कि ४४ वर्षीया ममता साहले बताइन् । ‘राजविराज नगरपालिकामा मात्र तीन दर्जन सार्वजनिक स्थानमा लक्ष्मीपुजा गर्ने गरिएको छ’, उनले भनिन् ।

२५ वर्षदेखि राजविराजमा सार्वजनिक स्थानमा संयुक्त रूपमा लक्ष्मी पूजा गर्दै आएको राजविराज नगरपालिका–६ लिलजा टोलका ५० वर्षीय नरेशकुमार चौधरीले बताए ।

‘टेन्टको चलन भएदेखि २५ वर्षदेखि यस नगरपालिकामा सार्वजनिक ठाउँमा स्थानीय मिलेर पुजा गर्ने चलन भएको हो’। उनले भने ।

सप्तरीसहित तराई मधेशमा नवरात्र, लक्ष्मीपूजा, सरस्वती पूजा सामूहिक रूपमा मनाउने गरिएको छ । सार्वजनिक स्थानमा आकर्षक मूर्तिहरू बनाएर सामूहिक रूपमा पूजा गरिने चलन छ ।

सामूहिक रूपमा पूजा गरेर सकारात्मक सन्देश दिँदै आए पनि पूजामा तड्कभड्क देखाएर विकृति निम्त्याउन भने नहुने चौधरी बताउँछन् ।

‘पूजामा सजावट महँगोकै लागि आयोजक टिमले मनपरी चन्दा माग्ने प्रवृत्ति बढेको छ । पूजा राम्रो गरे भइहाल्यो नि सजावटमा अनावश्यक खर्च गरेर चन्दा असुली गर्नु गलत हो’, उनले भने ।

सजाबट मात्र कम्तीमा पाँच लाखसम्म खर्च हुने गरेको अस्पताल नजिकै भइरहेको पूजा आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ०६ बजे

भारतीय बलरविरुद्ध चलेन पाकिस्तानी ब्याटिङ, ६१ रनले पराजित

काठमाडौँ – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

भारतविरुद्ध पाकिस्तानको संघर्ष, गुमायो ७ विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

चलेन बाबर आजमको ब्याटिङ, ५ रनमा आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार

पाकिस्तानले पहिलो ओभरमै गुमायो विकेट, साहिबजादा फरहान शुन्य रनमै आउट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत भारतविरुद्ध जवाफी ब्याटिङ गरिरहेको