सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या « Khabarhub

सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या


३ फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।
सिरहाको सुखिपुर गाउँपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए ।

बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । एक गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मंगलवा पुर्याइएको थियो । चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।

प्रहरीले घटनाबारे अनसन्धान जारी रहेको जनाएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०८२, आइतबार  ९ : २६ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी