रत्नपार्कमा १८औं काग सम्मेलन « Khabarhub

रत्नपार्कमा १८औं काग सम्मेलन


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काग तिहारको अवसर पारेर काग सम्मेलन भएको छ । कलाकार रमेश दुलालले काग तिहारको अवसर पारेर १८ वर्षदेखि काग सम्मेलन गर्दै आएका छन्।

काठमाडौंको शान्तिबाटिका गेट रत्नपार्कमा बिहान ६ बजे काग सम्मेलन गरिएको हो । रमेशले कागको आवाज निकालेर काग जम्मा गर्ने गरेका छन् । एक सय ७३ जीव जनावर तथा चराचुरुंगीसँगै बाजाको आवाज निकाल्न सक्ने दाबी गर्ने रमेशले काग तिहारको शुभकामनासहित काग सम्मेलन गरेको बताए ।

‘काग भएका ठाउँमा आफै आउँछन् त्यसैले नभएको स्थानमा म काग बोलाउछु’, रमेशले भने, ‘मैले नारायणहिटी दरबार अगाडि काग बोलाउने योजना पनि बनाएको थिएँ, तर त्यहाँ जाम हुन्छ भनेर यहीँ गरेको हुँ ।’ उनले सपनामा काग कराएको देखेपछि विपनामा त्यसलाई एप्लाई गरे ।

बुटवलमा एकपटक कार्यक्रममा जाँदा एउटा काग मर्दा सबै काग खोलामा आएर नुहाएको देखेपछि आफूलाई अझै लगाव बढेको उनले बताए । उनले यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा झन्डै ६ महिना कागसँगै अन्य पशुपंक्षीकाे अध्ययन गरेको उल्लेख गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : २० बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट