भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: मन्त्री श्रेष्ठ « Khabarhub

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: मन्त्री श्रेष्ठ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन् ।

महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एैलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन ।

किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्, `ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो ।´

फास्ट ट्र्याकबाट काम भइरहेको जिकिर गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन् । उनले राष्ट्र र जनताका पक्षमा जसले राम्रो काम गरेको भए पनि सधैं धन्यवादको पात्र बन्ने र केही बाधा, अडचन र चुनौती भए त्यसलाई समाधान गर्नेतर्फ उन्मुख भएको मन्त्री श्रेष्ठको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३२ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान