बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण यी हुन् « Khabarhub

बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई भन्छन्- प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण यी हुन्


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् ।

आज नेपाल बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सडकले माग्दैमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति हो । चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्छ । तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद हो ।’

बारका पूर्वउपाध्यक्ष भट्टराईले भने, ‘ प्रधानन्यायाधीशको क्षेत्र वकालत हो । देशभरका अदालतमा बाक्सा राखौं । १९ जना न्यायाधीशका बीचमा बाक्सा राखौं । उहाँको चुनाव क्षेत्र कानुन व्यवसायी र १९ जना न्यायाधीश हो । यो जनमत चोलेन्द्रको पक्षमा आउँछ कि विपक्षमा ? हामी तयार छौं । उहाँ नैतिक, भौतिक रूपले चुनाव हारिसक्नुभएको छ । आन्दोलनको आँधीबेहरीले हटाउनुभन्दा सहज बहिर्गमन गर्नुस् ।’

भट्टराईका अनुसार यी हुन् प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण
१. न्यायमा अवरोध सिर्जना ।
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन ।
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९. भ्रष्टाचार र बेथिति मौलायो ।
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १२ : ३७ बजे

कुर्था-जनकपुर-जयनगर रेल्वे सेवा (तस्बिरहरू) 

जनकपुरधाम– कुर्था–जनकपुर–जयनगर रेल्वे सञ्चालनमा आए सँगै जनकपुर र नेपाल भारत

चितवनको माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिका भित्र रहेको भूमिको बर्गीकरण गरेको

उद्यमीलाई बिनाधितो ऋण

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा