यसकारण विदेशमा बिहे गर्न चाहदैनन् विक्की र कटरीना | Khabarhub Khabarhub

यसकारण विदेशमा बिहे गर्न चाहदैनन् विक्की र कटरीना


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको तयारी तिब्र गतिमा चलिरहेको छ । दुवैको विवाहलाई लिएर कैयौं महिनादेखि समाचार बाहिर आइरहेका छन् ।

हालैमात्र दुवैले राजस्थानको सवाईमाधोपुरको सिक्स सेन्ट फोर्ट नामक दरबारमा विवाह गर्न लागेको खबर सार्वजनिक भएको थियो । दुवैको विवाहको कार्यक्रम डिसेम्बर १ देखि ७सम्म चल्नेछ । उनीहरुले ‘डेस्टिनेसन वेडिङ’को सट्टा ‘रोयल वेडिङ’को तयारी गरेका छन् । उनीहरुले देशबाहिर किन विवाह नगर्ने योजना बनाएका छन् भन्ने चासो अहिले बलिउडमा छ ।

किनकी बलिउडका धेरै जोडीहरुले विदेशी लोकेसनमा विवाह गरेका छन् । अहिले विक्की र कटरीनाको पाइपलाइनमा धेरै फिल्म छन् । त्यहीकारण उनीहरु विवाह पश्चात तुरुन्तै आफ्नो प्रोजेक्ट पुरा गर्ने ध्याउन्नमा छन् ।

कटरीना अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’को सुटिङ पुरा गर्नेछिन् भने विक्की सेम मनोकशांको बायोपिकको तयारीमा जुट्नेछन् । उनीहरु सँग धेरै समय छैन् । त्यहीकारण कारण ‘डेस्टिनेसन वेडिङ’मा उनीहरुले ध्यान दिएनन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : १५ बजे

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु