दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध « Khabarhub

दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् ।

सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली गाउँपालिका–५ का स्थानीय जसिलाल तामाङले गुनासो गरे । याङ्चुदेखि सिमकोटसम्म १० देखि १२ स्थानमा पहिरो गएको तामाङले बताए ।

दुई साता बितिसक्दा समेत सरोकारवाला निकायले चिन्ता र चासो नदेखाउँदा स्थानीयलाई आवतजावत गर्न कठिन भएको खार्पुनाथ गाउँपालिका–५ का प्रकाशबहादुर शाहीले बताए ।

यो सडक निर्माण तथा मर्मतको जिम्मेवारी पूर्वाधार विकास कार्यालयको हो । पहिरोले क्षतविक्षत भएको सडक पन्छाउँन ढिला हुँदा सिमकोट–खार्पु १३ किलोमिटरको दुरी पार गर्न घण्टौं लाग्ने गरेको छ ।

सडक सञ्चालन गर्ने बारेमा स्थानीय प्रशासन र सरोकारवाला पनि मौन छन् । सिमकोटदेखि हिल्सासम्मको पहिरो पन्छाउने जिम्मा हिल्सा सिमकोट सडक योजनाले पाएको छ । ९० किलोमिटर सडकको पहिरो पन्छाउँने काम हिल्सा सिमकोट सडक योजनाले सुरू गरिसकेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख विष्णुदास लामाले जानकारी दिए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ४ : २५ बजे

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना